हरि खरेल, कास्की । तनहुँको शुक्लागण्डकी नगरपालिका २ हलेदीका ईश्वर रिमालले आफ्नो २२ औं जन्मोत्सबका दिन वृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुलाई सहयोग गरेका छन् ।
पोखरा महानगरपालिक–३२ श्यामघाट (लामेआहाल) मा अवस्थित श्री राधाकृष्ण बृद्धाश्रममा आफ्ना केही साथिहरुको साथमा गएर सहयोग गरेका हुन्् ।
जन्मदिनको अवसर पारि रिमालले आलु, चिनि, चियापत्ती, मुला, फ्रुटी लगायतका सामान सहयोग गरेका थिए । प्रत्येक बर्ष साथिभाईहरुको माझमा जन्मोत्सब मनाएका रिमालले यस बर्ष भने फरक अनुभुति गरेको बताउछन् । “पहिला बर्थ डे मनाउंदा खुसी साथीहरुसंग मात्र सिमित हुन्थ्यो, तर आज बृद्धाश्रममा बसेका आमा बुबाहरुमा देखीएको खुसी र साथीहरुले गरेको प्रशंसाले थप खुसी लागेको छ ।” उहाँले बताउनुभयो ।
रिमालले जसरी जन्मोत्सब मनाए त्यसरी नै आफ्ना साथीहरुले पनि मनाउनेछन् भन्ने आशा राखेका छन् । बृद्धाश्रममा प्रत्येक बृद्ध आमा बुबाहरुको लागि छुट्टा–छुट्टै बस्ने कोठाको व्यवस्था रहेको छ ।
प्रत्येक बर्ष गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले २ लाख रुपैयासम्म आश्रममा सहयोग आउने गरेको आश्रम संञ्चालक समितिका अध्यक्ष प्रेम लिंगलले जानकारी दिनुभयो ।
विशेष गरेर उक्त आश्रममा लायन्स क्लब, बैक, सहकारी संस्था र जन्मोत्सब लगायतका क्षेत्रबाट सहयोग आउने गरेको अध्यक्ष लिंगलले जानकारी दिनुभयो ।
Discussion about this post