दुलेगौडा । कोरोना महामारि पश्चात पारिवारिक रुपमा हुने जमघट र कार्यक्रमहरु समेत उत्साहजनक भएको पाइदैन ।
सिमित र निकट साथिहरुका बिच गरिने जन्मोत्सव कार्यक्रमलाई माहामारीले सहज र सुलभ मात्र बनाएको छैन सिर्जनात्मक समेत बनाएको पाइन्छ । साथिभाई र परिवारको बाक्लो उपस्थितीमा जन्मदिन मनाउनेहरु पत्रकार हरि खरेल यस बर्ष परिवारका सात जनामा मात्र सिमित भए ।
तनहुँ खबर दैनिकका पत्रकार खरेलले यस बर्ष जन्मदिनमा पाएको उपहारले नौलो अनुभव गरेको बताउँछन् । ‘परिवारकै सदस्यहरुले उपहार दिनुभयो—सवैले मास्क !’ खरेलले भने, ‘समय र परिस्थितीले हरेक कुराहरुलाई सिर्जनात्मक पनि बनाउदो रहेछ ।’
उनलाई दैनिक कामका लागि स्थलगत रुपमा विभिन्न स्थानमा जानुपर्ने मानिसहरुको सम्पर्कमा हिड्नुपर्ने भएकाले संक्रमण रोक्न सहयोग पुग्ने भएकाले मास्क उपहार दिएको उनको बहिनी लक्ष्मी लगायतका परिवारका सदस्यहरुले बताए ।
Discussion about this post