हरि खरेल/तनहुँ खबर
कार्तिक, १७ दुलेगौडा
शुक्लागण्डकी जेसिजको जेसीज बर्ष २०२० को सप्ताह कार्यक्रम विभिन्न कार्यक्रम गरी मनाईदै छ । आईतबार देखी सुरु भएको कार्यक्रम मंगलबार सम्म सञ्चालन हुने शुक्लागण्डकी जेसिजका अध्यक्ष मदन श्रेष्ठले जानकारी दिनुभयो ।
नेतृत्व र व्यक्तित्व विकासमा सहयोग पु¥याउने यस संस्थाले कोरोना महामारीका कारण सचेत भई सरसफई, कोरोना भाईरस सम्बन्धी सचेतनामुलक कार्यक्रम एवम् स्वास्थ्य सामग्री वितरण लगाएतका कार्यक्रम बिच सप्ताह कार्यक्रम मनाएको हो ।
आईतबार जेसीज बर्ष २०२० को सप्ताह कार्यक्रमको उद्घाटन गरी उपाध्यक्ष जेसि देबेन्द्र ढुङ्गानाको संयोजकत्वमा शुुक्लागण्डकी नगरपालिका २ मुक्तिनाथ च्यावन धाममा डस्बिन तथा वृक्षारोपण कार्यक्रम गरेको जेसिज अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उक्त कार्यक्रम मार्फत मन्दिर परिसरमा सरसफाई र हरियाली वातावरण बनाउन सहयोग पुग्ने छ । साथै उक्त दिनमा नै उपाध्यक्ष जेसि शिव रेग्मीको संयोजकत्वमा शुक्लागण्डकी नगरपालिका वडा नं. ५ बेलचौतारा स्थित जि पि कोइराला रष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रमा रहेका कोरोना संक्रमीत बिरामीहरुलाइ समेत फलफूल बितरण गरेको बताउनुभयो ।
सोमबार शुक्लागण्डकी नगरपालिका ३ स्थित र्निमल प्र.वि बन्केवामा रहेका ६० विद्यार्थीहरुलाई व्याग वितरण गरेको श्रेष्ठले जानकारी दिनुभयो । त्यसका साथै नगरको कोत्रे, खैरेनि, दुलेगौडा लगाएतका भिडभाड रहने क्षेत्रमा स्वास्थ्य सामग्री वितरण तथा कोरोना सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चानल गरेको श्रेष्ठले बताउनुभयो । साथै मंगलबार ईलाका प्रहरी कार्यालय बेलचौतरामा ट्राफिक नियम बोड हस्तान्नतरण लगाएत वक्तृत्वकला कार्यक्रम गरी सम्पन्न गर्ने जानकारी दिनुभयो ।
प्रत्यक बर्ष सप्ताह कार्यक्रम ७ दिनसम्म विभिन्न कार्यक्रम गरी मनाईएता पनि यस बर्ष भने कोरोना महामारीका कारण ३ दिनसम्म मात्र मनाउने जेसिज अध्यक्ष मदन श्रेष्ठले जानकारी दिनुभयो ।
Discussion about this post