तनहुँ खबर संवाददाता
कार्तिक १६ देवघाट ।
तनहुँको देवघाट गाउँपालिकामा रहेको भुजेल बस्तीलाई नमुनाको गाउँको रुपमा विकास गरिने भएको छ । केही दिन अघि रोटरी क्लव अफ नारायणघाटले एक गाउँमा एक कार्यक्रमको आयोजना गरि गाउँलाई नमुना बनाउने गरि विकास गर्ने घोषणा गरेको थियो ।
देवघाट ५ मा रहेको यो बस्तीलाई नमुना गाउँ बनाउन आर.सि.सि.व्यवस्थापनकी अध्यक्ष आईतमाया भुजेल देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापा र रोटरी क्लब अफ नारायणगढका अध्यक्ष अनुकुल श्रेष्ठले संयुक्त रूपमा नमुना बस्ती बनाउन सहमति पत्रमा हस्ताक्षर गरेको हुन् ।
उक्त कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले आफ्नो गाउँपालिका भित्र रहेका पिछडिएका वर्ग भुजेल समुदायको बस्तीलाई विकास गर्ने दाता प्राप्त भएको खुशी ब्यक्त गर्नुभयो ।क्लवले गर्ने कार्यक्रमा गाउँपालिकाले समेत सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
देवघाट गाउँपालिकाको बिकास निरन्तर रुपमा अगाडी बताउदै अध्यक्ष थापाले विकासको काममा विभिन्न संघ र संस्थाहरुसंग हातेमालो गर्न आफुहरु तयार रहेको बताउनुभयो ।
कार्यक्रममा वडा न ५ का यालबहादुर गुरुङले वडाको साउनेमा रहेका भुजेल समुदायको विकासको लागि सवैक्षेत्रले ध्यान पु¥याउन आवश्यक रहेको बताउनुभयो ।
रोटरी क्लब अफ नारायणगढका अध्यक्ष श्रेष्ठले देवघाट साउनेका पिछडिएको भुजेल समुदायको बस्तीमा भएका समस्यहरुलाई बिस्तारै समाधान गरि नमुना बस्ती बनाइने दावि गरे ।
Discussion about this post