तनहुँ खबर
कार्तिक,१६
तिहार नजिकिए संगै सयपत्रि फुलको खोजि हुन थालेको छ । केही बर्ष अघिसम्म तिहारमा प्रागोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउने गरिएको थियो । तर यस बर्ष भने बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले भारतबाट फूल नल्याइने व्यवसायीहरू बताउँछन् ।
यस बर्ष समयमा नै पानि परिरहेको हुदा उपत्यका , तराई लगाएत देशका अधिकंश क्षेत्रमा फुलको राम्रो उत्पादन भएका फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजू श्रेष्ठले जानकारी दिए । गत वर्षको तिहारमा २५ लाख माला खपत हुँदा तीन लाख माला भारतबाट ल्याइएको थियो ।
यस बर्ष भने गत बर्षको तुलनामा केही बढी मुल्यमा मालाको विक्री हुने बताईएको छ । जसमा एउटा सयपत्री मालाको मूल्य रु ६० देखि ७० सम्म तिर्नुपन हुन्छ ।
Discussion about this post