कार्तिक १० दुलेगौडा । कोरोना संक्रमणबाट तनहुाको शुक्लागण्डकी नगरपालिका ४ का एक पुरुषको निधन भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार शुक्लागण्डकी ४ का ५० बर्षीय पुरुषको संक्रमणका कारण निधन भएको हो ।
निमोनिया समेत भएका उनलाई गत कार्तिक ८ गते अस्पतालमा भर्ना गरिएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गुमाएका पुरुषको शव ब्यवस्थापनका लागि तयारी भईरहेको जनाइएको छ ।
यो सँगै तनहुँमा कोरोनाका कारण ज्यान गुमाउनेका संख्या ११ पुगेको छ । भने गण्डकी प्रदेशमा ६८ जनाको निधन भएको छ । तनहुँको भिमाद नगरपालिकामा एक परिवारका तीन सहित ब्यास नगरपालिकामा चार, आँबुखैरेनीका दुई र म्याग्देका एक जनाको निधन भईसकेको छ ।
गण्डकी प्रदेशमा सोमबार १ः२० बजेसम्मको जानकारी अनुसार पाँच संक्रमितको मृत्यु भएको छ भने २ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ ।
Discussion about this post