कार्तिक ७, तनहुँ । तनहुँ हाइड्रो (साविकको माथिल्लो सेती) आयोजनाको मुख्य संरचनाको ठेक्कापट्टा अझै अघि बढ्न सकेको छैन ।
आयोजनाको प्रमुख लगानीकर्ता रहेको एसियाली विकास बैंक (एडीबी) ले बाट प्राविधिक मूल्यांकनको स्वीकृतिमा ढिलाई भएका कारण ठेक्काका काम अघि बढु्न नसकेको हो ।
अब वित्तीय मूल्यांकनका गरी पुनः एडीबीलगायतका दाताहरुको अनुमति लिनुपर्नेछ । आयोजनाको प्रमुख संरचना प्याकेज १ (हेडवक्र्स) को निर्माणका लागि तीनवटा अन्तर्राष्ट्रिय निर्माण कम्पनीले प्रस्ताव गरेका छन् ।
यसमा भारतको एल एण्ड टी, भियतनामको स्वाङ्दा र चीनको गेजुवा छन् । यिनीहरुको प्राविधिक प्रस्ताव आयोजनाले मूल्यांकन गरेर एडीबीमा पठाएको थियो । एडीबीले हालै स्वीकृत गरेको प्रबन्ध निर्देशक प्रदीप थिकेले बताउनुभयो । उहाँका अनुसार अब यी कम्पनीका वित्तीय प्रस्ताव खोलिनेछ । यसमा सबैभन्दा कम रकम कबोल गर्नेले ठेक्का पाउनेछ ।
आयोजनाले प्याकेज १ का लागि १७ करोड अमेरिकी डलरको लागत अनुमान गरेको छ । आयोजनाको सम्पूर्ण कार्य आगामी सन् २०२५ को मे–जूनसम्ममा पूरा गर्ने लक्ष्य छ । आयोजनामा कूल तीनवटा प्याकेज छन् ।
पहिलोबाहेक अन्य दुई प्याकेजका काम भने धमाधम भइरहेको थिकेले जानकारी दिए । प्याकेज २ मा विद्युतगृह, वाटर वे र उपकरण पर्छन् भने प्याकेज तीनमा २२० केभीको प्रसारण लाइन निर्माण छ ।
Discussion about this post