• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

दशै भत्ता फिर्ता गर्ने लहड

Lekhnath Khabar by Lekhnath Khabar
October 23, 2020
in समाचार
0
0
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

कार्तिक ६ तनहुँ ।

जनप्रनितिहरुलाई दशै खर्चका लागि भन्दै सरकारले उपलब्ध गराएको भत्ता विभिन्न बहानामा फिर्ता गर्ने लहड यतिबेला चर्काे छ । भत्ता लिएपछि जनस्तरमा चर्को आलोचना खेपेनाका जनप्रतिनिधिहरुले भत्ता बापतको रकम फिर्ता गर्न बाध्य भएका हुन् ।
तनहुँमा पनि स्थानीय तहका जनप्रतिनिहरुले पाएको भत्ता रकम कोरोना कोषमा जम्मा गराएका छन् ।
जिल्लामा नेपाली कांग्रेसबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले सहित उपप्रमुख, स्थानीय तहका प्रमुख र उपप्रमुखहरुले भत्ता फिर्ता गरेका हुन्् ।

दसैं भत्तामा वाग्लेले लिएको ३२ हजार र पौडेलले २८ हजार रुपैयाँ व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देललाई हस्तान्तरण गरी कोरोना कोषमा जम्मा गरेका हुन् । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र उपप्रमुख मिरा जोशीले पनि ३०÷३० हजार रुपैयाँ फिर्ता गरे ।

शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, भानु नगरप्रमुख उदयराज गौली, उपप्रमुख आशा थापा, म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी राना, उपाध्यक्ष बालकृष्ण घिमिरे, ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, उपाध्यक्ष गिनु थापाले पनि दसैं भत्ता फिर्ता गरिदिएका छन् ।

यस्तै, आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिरबहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ र देवघाट गाउँपालिका उपाध्यक्ष विमला थापाले दसैं भत्ताबापतको रकम आ–आफ्ना पालिकाको कोरोना कोषमा जम्मा गरेको जनाएका छन् ।
नगरपालिका प्रमुख र उपप्रमुखले ३० हजार रुपैयाँ तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षले २५ हजार रुपैयाँ दसैं भत्तामा बुझेका थिए । कोरोना महामारीका बेला दसैंमा भत्ता लिनु उचित नभएकाले फिर्ता गरिएको शुक्लागण्डकी नगरप्रमुख किसान गुरुङले बताउनुभयो ।

प्रदेशमन्त्रीको भत्ता पनि कोरोना कोषमा

नेपालमा दैनिक रुपमा कोरोना भाईरस संक्रमीतको संख्या बढ्दो क्रममा रहेको छ । जसलाई नियन्त्रण गर्नका लागि सरकारले विभिन्न कदमहरु चालेको छ । साथै कोरोना कोष स्थापना गरी कोरोना संक्रमीत बिरामीका लागि सहयोग गदै आएको छ । प्रत्ययक बर्ष मन्त्रीहरुले.दशै भत्ता पाउने गरेता पनि यस बर्ष भने मुख्यमन्त्री र मन्त्रीहरुको दशै भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको छ ।
बुधबार बिहान बसेको बैठकले मुख्यमन्त्री सहित ७ जना मन्त्रीको दशै भत्ता कोभिड कोषमा जम्मा गर्ने निणय भएको हो ।

तलब बराबर आउने भत्ता प्रदेश सरकारको कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो । गण्डकी प्रदेशमा मुख्यमन्त्रीको तलब ७० हजार सात सय ३० रुपैयाँ र मन्त्रीको ६० हजार तीन सय २० रुपैयाँ तलब रहेको छ ।

 

Previous Post

दुई क्लवको ‘फुड बैक’ द्धारा खाद्यान्न वितरण

Next Post

कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सुरु हुने

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सुरु हुने

कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सुरु हुने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?