हरि खरेल/तनहुँ खबर
कार्तिक ६ दुलेगौडा ।
महान पर्व विजया दशमीमा विशेष पुजा अर्चना हुने तनहुँका शक्ति पिठहरु यस बर्ष भने बन्द नै रहने भएको छ । जिल्लाका शुक्लागण्डकी नगरपालिकामा रहेको ढोरवाराही लगायतका अन्य शक्ति पिठहरु कोरोना माहामारीका कारण बन्द रहेको हो ।
मन्दिरका पुजारी चिरञ्जिवी लम्सालले यस बर्ष भने कोरोनाका कारणले गर्दा मन्दिरमा नित्यपुजा बाहेक अन्य पुजाआराधना नहुने जानकारी दिनुभयो ।
भक्तजनहरुका लागि रोक लगाइएको भएता पनि ढोरवाराही मन्दिर परिपसरमा युवा लगायत जनप्रतिनिधिहरुको उपस्थितीमा बुधबार सरसफाई गएिको छ । मन्दिरको परिसरमा रहका भौतिक संरचनामा रंगरोगन गर्नका लागि रोजगारीका लागि साउदी भएका स्थनीय रामचन्द्र महतले आर्थिक सहयोग गरेको पुजारी लम्सालले जनाउनुभयो ।
गत बर्ष चैत्र ११ देखी हालसम्म मन्दिरमा सर्वसाधारणदेखी स्थानीय व्यक्हिरुलाई समेत रोक लगाएको बताउनुभयो । सरकारको निर्णय अनुरुप स्थानिय तथा सरोकारवालाहरुसंग छलफल गरी मन्दिर नखुलाउने निर्णय भएको वडाध्यक्ष लोकनारायण श्रेष्ठले बताउनुभयो ।
Discussion about this post