• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

कोरोना भाइरसः उच्च सतर्कता अपनाउन सरकारको निर्देशन

Lekhnath Khabar by Lekhnath Khabar
January 28, 2020
in समाचार
0
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । चीनमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन सरकारले उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरोकारवाला निकायलाई १२ बुँदे निर्देशन दिएको हो ।
नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा नेपालको पर्यटन क्षेत्र र जनस्वास्थ्यमा यसको नकारात्मक प्रभाव पर्न नदिन अपनाउनुपर्ने पूर्वसतर्कता, जनचेतना र समन्वयका सम्बन्धमा छलफल गरी निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिए । उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा (हेल्थ डेस्क) स्वास्थ्य कक्ष स्थापना गरी चीनबाट आएका पर्यटकमा उक्त भाइरसको सङ्क्रमणको अनुमान गर्न निर्देशन दिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई नेपाल आउने हवाईजहाजहरू अवतरण गर्नुपूर्व यात्रुहरूलाई हेल्थ डेस्कमा गई आधारभूत जाँच गराउने व्यवस्था गर्न तथा विश्व स्वास्थ्य सङ्गठनले तोकिदिएको मापदण्डबमोजिम अवतरणको समयमा जहाजलाई सङ्क्रमणबाट बचाउने व्यवस्था गर्न निर्देशन दिइएको छ । त्यस्तै विमानस्थलमा कार्यरत कर्मचारीहरूलाई कार्यस्थलमा मास्क, पञ्जा र आवश्यकतानुसारका अन्य स्वास्थ्य सावधानीका उपायहरू अवलम्बन गर्नसमेत निर्देशन दिइएको छ ।
होटल, ट्राभल तथा ट्रेकिङ एजेन्सीलाई पर्यटकमा भाइरसको कुनै पनि लक्षण देखिएमा यथाशीघ्र तोकिएको स्वास्थ्य संस्थामा पु¥याउने व्यवस्था मिलाउन निर्देशन दिइएको छ । पर्यटकलाई सेवा दिने निजी क्षेत्रका सबै संस्थाले उक्त भाइरसबारे अवलम्बन गर्नुपर्ने सजगता एवं पूर्वसावधानी सम्बन्धमा आफ्ना कर्मचारीलाई तत्काल सुसूचित गराउने, कुनै पनि स्वास्थ्यसम्बन्धी उल्लिखित भाइरसबाट आउन सक्ने समस्याका सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएका सूचना एवं गर्नुपर्ने आवश्यक सहयोगमा पूर्ण सक्रियताका साथ कार्य गर्ने भनिएको हो ।
नेपालमा स्थलमार्गबाट पर्यटक प्रवेश गर्ने स्थान रसुवा, यारी नाकालगायत उत्तरी सीमा नाकाहरू समेतमा उल्लिखित सतर्कता र पूर्वसावधानीहरू अपनाउने, भाइरसको सम्भावना भएका बिरामीलाई तत्काल ‘आइसोलेसन’मा राख्नुपर्ने भएकाले यस सम्बन्धमा सबैले पूर्वसावधानी एवं सजगताका साथ कार्य गर्ने निर्देशन दिइएको प्रवक्ता तामाङले जानकारी दिए ।
त्यस्तै चिनियाँ पर्यटकको बढी उपस्थिति हुने काठमाडाँै, पोखरा, चितवन र लुम्बिनी जस्ता स्थानहरूमा विशेष पूर्वसावधानी अवलम्बन गर्न, कोरोना भाइरसबाट बच्न र बचाउन जनचेतना वृद्धि गर्न, मानिसको धेरै आवतजावत हुने धार्मिक, सांस्कृतिक स्थानहरूमा सचेतनामूलक प्रचारप्रसार कार्य सञ्चालन गर्ने निर्देशन दिइएको छ ।
कोरोना भाइरससम्बन्धी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार गरेका पोस्टर, पम्प्लेट, सूचनामूलक अन्य प्रचार सामग्री पर्यटन विभाग र नेपाल पर्यटन बोर्डको समन्वयमा प्राप्त गरी प्रमुख होटल तथा ट्राभल र ट्रेकिङ कम्पनीका कार्यस्थलमा पर्यटकले देख्ने गरी राख्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिइएको छ ।

Previous Post

ग्रेटवालको झल्को दिने गरी पदमार्ग पर्खाल निर्माण

Next Post

भण्डारी मृत फेला

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक
समाचार

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

Next Post
भीरबाट लडेर मृत्यु

भण्डारी मृत फेला

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?