• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

प्रविधियुक्त र सेवामैत्री बन्दै प्रहरीः शर्मा

Lekhnath Khabar by Lekhnath Khabar
January 25, 2020
in समाचार
0
0
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

लमजुङ । गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले अबको प्रहरी प्रविधियुक्त र सेवामैत्री हुने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालयमा निर्माण हुने विभिन्न ५ भवनको शिलान्यास गर्दै उनले उनले भने, ‘एक जना प्रहरीका लागि वर्षमा १० लाख खर्च हुन्छ, बजारमा गस्ती गर्न पठाएको १० जना प्रहरीको काम सिसि क्यामेराबाट एक जना प्रहरीले कन्ट्रोल रुममा बसेर गर्न सक्छ । त्यसैले अबको प्रहरी प्रविधिमैत्री र दक्ष हुनु आवश्यक रहेकोले प्रहरीलाई सक्षम बनाइने छ ।’
उनले भने, ‘समृद्धिको बाधक कुशासन हो, त्यसैले सुशासन स्थापन गरी समृद्धिको दिशामा अघि बढ्न प्रहरीले कुनै कसर बाँकी राख्ने छैन ।’ उनले हिजोका दिनमा बजारमा चन्दा संकलन गरेर, गाविसलाई अनुरोध गरेर श्रमदान जुटाएर बनाएका प्रहरीका भवन द्वन्द्वकालमा निसानामा परे त्यसपछि उठ्दै गर्दा २०७२ सालको विनासकारी भूकम्पले प्रहरीलाई फेरि पालमा पु¥यायो, अब त्यो अवस्थामा सुधार हुँदैछ । यो वर्ष गोरखामा मात्र २२ वटा प्रहरी भवनको पुनः निर्माण भएको र लमजुङमा पनि त्यो क्रम शुरु भएको उल्लेख गरे ।
सुरक्षाको प्रत्याभूति दिन प्रहरी–समुदाय साझेदार कार्यक्रम प्रभावकारी भएको भन्दै त्यसले सर्वसाधारणदेखि विद्यार्थीलाई समेत सचेत गराउँदै असल नागरिक उत्पादन गर्न सहयोग गरेको बताए ।
घिमिरेले जिल्ला प्रहरी कार्यालयको हातामा निर्माण गरिन लागेका व्यारेक, हिरासत कक्ष, इञ्चार्ज आवास, सिनियर प्रहरी अधिकृतको आवासका साथ मेस भवनको शिलान्यास गरेका हुन् । ती भवन ४ करोड २३ लाख १० हजार रुपैयाँ लागतमा निर्माण हुने लक्ष्य राखिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्राविधिक शाखाका प्रमुख प्रहरी निरीक्षक नीरञ्जनकुमार सिंहले बताए ।
भवन निर्माण जिम्मा ब्राइट मल्टी कन्सट्रक्सन, काभ्रेले लिएको छ । १ वर्षभित्र नयाँ भवन निर्माण गरिसक्ने गरी गत मंसिर ११ मा सम्झौता भएको हो ।
प्रजिअ लक्ष्मणबहादुर खड्काको अध्यक्षतामा भएको समारोहमा प्रनाउ रवीन्द्रमान गुरुङले स्वागत गर्दै भवन निर्माण भएसँगै प्रहरीको सेवामा समेत नवीन पद्दति अवलम्बन गरिने बताए ।
कार्यक्रममा लमजुङ उद्योग वणिज्य संघका अध्यक्ष राजेश थापा, बेसीशहरका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार मरासिनी, वडा ८ का अध्यक्ष पवित्रा थापा राना लगायतले बोलेका थिए ।

Previous Post

गाउँगाउँमा रोजगारी सिर्जना गर्नुपर्छः मुख्यमन्त्री

Next Post

६ हजार घूससहित पक्राउ

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

Next Post
६ हजार घूससहित पक्राउ

६ हजार घूससहित पक्राउ

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?