• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

‘जनता उठाएर सिंहदरबार घेर्न नपरोस्’

Lekhnath Khabar by Lekhnath Khabar
January 23, 2020
in समाचार
0
0
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

पोखरा | गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले बजेट विनियोजनमा राजनीतिक विभेद गरेको भन्दै प्रदेश सरकारको कार्यालय घेराउ गर्ने चेतावनी दिएका छन् ।
आफ््नो निर्वाचन क्षेत्रको विकासका लागि राखेका योजनामा सरकारले बजेट नदिएको भन्दै उनले जनतालाई विकासबाट विमुख गराएको आरोप लगाए । ‘प्रदेश सरकारले विचारमाथि निषेधको राजनीति गर्दै आएको छ । फरक विचार लिएर निर्वाचित भएका सांसदहरुले राखेका जायज र असल एजेण्डा पनि सरकारले सुन्न चाहँदैन । सरकारले जनतासँग निहुँ खोजिरहेको छ,’ पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘मेरो निर्वाचन क्षेत्र प्रदेश सरकारकोे विकासबाट विमुख भएको छ । यसैगरी जनतामाथि विभेद गरिरहने हो भने यहाँका जनता उठाएर म प्रदेश सरकारको सिहंदरबार घेराउ गर्न आउन नपरोस् ।’ उनले आफूले मागेका कुनै पनि योजनामा सरकारले बजेट नदिएको गुनासो गरे । थापाले १९ वटा योजना गत बजेटमा समेट्न सरकारसँग माग गरेको सुनाए । तर एउटा पनि योजना नपरेको उनको भनाइ छ ।
निर्वाचनका बेला गरेको प्रतिबद्धता र त्यसको कार्यान्वयनबारे जानकारी गराउँदै पत्रकार सम्मेलनमा उनले सरकार संघीयताको विपक्षमा लागेको आरोप समेत थपे । ‘सरकारले विनियोजन गरेका बजेटमा उपभोक्ता समिति समेत फरक विचार राख्ने मान्छे हुन नहुने र स्वयं मन्त्री नै पुगेर उपभोक्ता समिति गठन गरेको कुरा पनि हामीले सुनिरहेका छौं । सरकारको पैसा देख्न नेकपा बाहेक अरु राजनीतिक पार्टीमा आस्था राख्नै नहुने भयो । प्रदेश सरकार एकलौटी ढंगले अघि बढिरहेको छ,’ उनले थपे, ‘सरकाले ल्याएको ३२ अर्ब बजेटमा के मेरो निर्वाचन क्षेत्रका जनताको हक छैन ? दामासायी ढंगले बाँड्ने हो भने पनि मेरो क्षेत्रमा करिब ९० करोड बजेट चाहिन्छ । यहाँको विकास गर्नु के मेरो अपराध हो ? विकासका लागि बजेट माग्न नपाउने मैले ? सरकार सीमित कार्यकर्ताको खल्ती भर्नेगरी बजेट बाँडफाँट गरेको छ । जसका कारण म स्पष्टसँग भन्न सक्छु कि, सरकार संघीयताको पक्षमा छैन ।’
सांसद थापाले सरकारले आफ्नो नाममा दिएको सबै सेवासुविधा सामाजिक र सार्वजनिक सेवामा उपयोग गरेको फेहरिस्त सुनाए । उनले निर्वाचनकै समयमा आफूले पाउने सेवा सुविधा ब्यक्तिगत खर्च नगर्ने घोषणा गरेका थिए । २०७५ फागुन १ देखि २०७६ पुस २९ सम्म ९ लाख ३ हजार रुपैयाँ सामाजिक क्षेत्रमा सहयोग गरेको उनले सुनाए । ‘मेरो बैंक खातामा ६ लाख १० हजार ६ सय ३९ रुपैयाँ १० पैसा जम्मा भएको छ । त्यसमा ३ लाख जति ब्यक्तिगत रुपमै थपेर सहयोग गरेको छु,’ उनी भन्छन्, ‘मैले कुनै अमुक राजनीतिक दलभन्दा पनि आवश्यकता आधारमा जनताको समस्यामा मलम लाग्ने गरी सहयोग गरेको छु । राजनीतिलाई पेशा व्यवसाय तथा जागिरको रुपमा लिनु हुँदैन भन्ने मेरो ब्यक्तिगत विचार छ ।’ थापाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम तर्फको बजेट पनि न्यायोचित रुपमा वितरण गरेको जानकारी दिए ।
गण्डकी प्रदेश सरकारले यहाँका सबै सांसले बाँड्न पाउने गरी प्र्रत्येक निर्वाचन क्षेत्रमा २ करोड रुपैयाँ दिएको थियो । प्रदेशका निर्वाचन क्षेत्रमध्ये कास्की २ (ख) मा सबैभन्दा धेरै सांसद छन् । त्यसैले बजेटको विनियोजनमा सरकारले सावधानी अपनाउनुपर्ने उनको सुझाव छ । ‘सबैभन्दा धेरै सांसद रहेको क्षेत्रमध्ये म निर्वाचित भएको क्षेत्र पर्छ । यहाँ काँग्रेसका २ र नेकपाका २ जना माननीय सांसदहरु हुनुहुन्छ । वहाँहरुको पनि चित्त बुझाउने गरी बजेटको बाँडफाँट गरिएको छ,’ उनले भने, ‘कुनै क्षेत्रमा २ करोडबाट एउटै सांसदले योजना छान्ने र कतै ४ जनासम्म सांसदहरु हुँदा न्यायोचित वितरण कसरी हुन्छ ? समान बजेटमा असमान सांसद र असमान भूगोलको व्यवस्थापन मिल्दैन भन्ने सामान्य हेक्का पनि सरकारलाई भएन ?’
सांसद थापाले सांसदले पैसा बाढ्ने गरी व्यवस्था गर्नु जायज नभएको बताए । ‘म एक्लैले भनेर भएन तर सरकारले बजेट दियो । तर सांसदले पैसा बाँड्ने कुरामा म अझै पनि विरोधी हुँ,’ थापाले भने, ‘आगामी दिनमा यो रोकिनुपर्छ भन्ने माग मेरो छ ।’
कार्यक्रम सञ्चालन कास्की २ (ख) का काँग्रेस सभापति दीपेन्द्र मर्सानीले गरेका थिए ।

Previous Post

१० जना जुवाडे पक्राउ

Next Post

उखु किसान फेरि आन्दोलित

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक
समाचार

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

Next Post

उखु किसान फेरि आन्दोलित

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?