• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

सांसादले कुटे एन्फा अध्यक्ष

Lekhnath Khabar by Lekhnath Khabar
January 22, 2020
in समाचार
0
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले खेलमैदानमै उग्र स्वभाव देखाएका छन् । उनले पोखराको लेखनाथमा मंगलबार शुरु मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिता–२०७६ मा आयोजक एन्फा कास्की अध्यक्षमाथि नै हातपात गरेका हुन् ।
दिउँसो प्रतियोगिता उद्घाटन हुनुपूर्व सांसद मनाङेले एन्फा कास्की अध्यक्ष मिलन गुरुङलाई लात्ती र मुक्का प्रहार गरेका थिए । ‘शुरुवातमा सांसद मनाङले मिलनलाई धकेले । पछि लात्तीले हाने । त्यसपछि टाउकोमा निशाना गरेको मुक्का मिलन तर्किदा उनको कुममा लाग्न पुग्ग्यो,’ प्रत्यक्षदर्शीले भने, ‘सोक्रममा मिलनले प्रतिकार गरेनन्, यसपालि चाहिँ संयमता अपनाए ।’
सांसदद्वारा आयोजक एन्फा अध्यक्षमाथि नै मुक्का प्रहार हुनुको मुख्य कारण भने आयोजकले मनाङी टिमका खेलाडीको व्यवस्थापनमा चासो नभएको भनिएको छ ।
सांसद मनाङेले प्रतियोगितामा मनाङबाट भाग लिएको टिमको खानपान, बसोबास तथा खेल तयारी व्यवस्थापनमा एन्फा कास्की अध्यक्षले चासो नदिएको हुँदा पिटेको स्वीकारे ।
यता, मिलन गुरुङले गेम बिफोर (अगाडि) र गेम अफ्टर (पछाडि) एक दिनको व्यवस्थापन गर्न सकिने तर एक साताअघि देखि आफूहरुले टिमको लागि खर्च गर्न नसक्ने बताए । मुख्यमन्त्री कपको लागि माघ ८ मा मात्र मनाङी टिमको खेल रहे पनि सो टोली माघ ५ देखि नै पोखरा आएको बताइएको छ । सो टिममा खेलाडी, म्यानेजर र प्रशिक्षकसहित २० जना छन् ।
यसैबीच, एन्फा कास्की अध्यक्ष मिलनले नियम नै नभएको कुरा गर्ने सांसदजस्तो जिम्मेवारी व्यक्तिबाटै आफूमाथि हातपात भएको भन्दै मंगलबार साँझ जिल्ला प्रहरी कार्यालयमा सांसद मनाङेलाई विपक्षी बनाइ उजुरी दिएको बताएका छन् । बिनाकारण आफूमाथि हात भएको भन्दै उनले अब कानूनी कारबाही गर्ने आदर्श समाज दैनिकलाई बताए ।
उता, लेखनाथको भण्डारढिक खेल मैदानमा भएको खेलको मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले उद्घाटन गरेका छन् । ९ टिमले भाग लिएको प्रतियोगितामा विजेता टिमले नगद ५ लाख र उपविजेताले ३ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा सहभागी हुने टिमलाई टिम तयारीस्वरुप नगद ५० हजार समेत प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा वेष्ट डिफेन्स, वेष्ट गोल किपर, वेष्ट मिड फिडफिल्ड, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही पाँच हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने छ । प्रतियोगिता माघ १४ सम्म चल्नेछ ।
गण्डकी प्रदेश सरकारको ४० लाख रुपैयाँ आर्थिक सहयोग गरेको प्रतियोगिता सम्पन्न गर्न १ करोड १ लाख खर्च हुने अनुमान आयोजकको छ ।

Previous Post

अपराधी छुट्टाउन लर्कोः कास्की प्रहरी प्रमुख

Next Post

१० जना जुवाडे पक्राउ

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक
समाचार

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

Next Post
१० जना जुवाडे पक्राउ

१० जना जुवाडे पक्राउ

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?