युवाले गर्ने हरेक कामलाई प्रोत्साहन गर्नुपर्ने स्याङ्जा नगरपालिकाका उपमेयर तथा कार्यक्रमका प्रमुख अतिथि महेश पुरिले बताउनुभयो । पहिलो पाइला नेपालले आयोजना गरेको हाजिरि प्रतियोगिता कार्यक्रममा बोल्दै पुरिले संस्थाले नगर भित्र गर्ने हरेक कार्यक्रममा आफनो सहयोग राख्ने प्रतिबदता पनि जायर गर्नुभयो ।
त्रिभुवन आदर्श नमुना विद्यालय स्याङ्जामा आयोजना भएको नगर स्तरिय हाजिरि जवाफ प्रतियोगितामा ७ वटा सामुदायिक विद्यालय सहभागि भएका थिए ।
प्रतियोगितामा प्रथम मातृभुमि मा वि सतौँ हटिया , द्रोसोमा कालिका मावि झापाकोट , र तेस्रोमा जनता मावि ठुलाडिहि रहेका थिए ।
कार्यक्रममा बोल्दै पहिलो पाइला नेपालकि स्याङ्जा अध्यक्ष तथा कार्यक्रम संयोजक स्मृति काफले ले अब आउने दिनहरुमा पनि यस्तै कार्यक्रम गरेर विद्यार्थिलाई पढ्नमा प्रोत्साहन गर्ने प्रतिबदता व्यत्त गर्नुभयो ।
Discussion about this post