• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

आलमलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतकाे आदेश !

Lekhnath Khabar by Lekhnath Khabar
November 15, 2019
in समाचार
0
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासले राजपुर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई ज्युँदै इँटाभट्टामा जलाएको आरोपमा पक्राउ परेका सांसद मोहम्मद अफताब आलमलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

गएको असोज २६ गते पक्राउ परेमा आलममाथिको थुनछेक बहस शुक्रबार दिउँसो सकिएको थियो । प्रतिवादी मोहम्मद अफताब आलमका तर्फबाट २८ जना अधिवक्ताले बहस गरेपछि वादीतर्फका २ जना सरकारी वकिल सहित अधिवक्ता पुष्पराज पौडेलले त्यसको खण्डन गर्नु भएको थियो । रौतहटका प्रमुख जिल्ला सरकारी वकिल खडिन्द्र कटुवाल, सहन्यायाधिवक्ता सूर्यराज दाहाल र उपन्यायाधिवक्ता अर्जुनप्रसाद कोइरालाले आलमलाई थुनामा राखेर घटनाको अनुसन्धान हुनुपर्ने माग राख्नु भएको थियो ।

रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित आलमले जघन्य अपराध गरेको भन्दै उनलाई कडा सजायको मग गर्दै पौडेलसँगै वरिष्ठ अधिवक्ता युवराज संग्रौला, ओमप्रकाश अर्याललगायतले बहस गर्नु भएको थियो ।

आदेश आएसँगै जिल्ला अदालत रौतहट परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला अदालत परिषरको झण्डै ४ सय मिटर वरपर नेपाल प्रहरी र सशस्त्र प्रहरीका झण्डै ६ सय जना सुरक्षाकर्मी खटाइएको छ । आलमका समर्थकले प्रदर्शन गर्न सक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएकाे प्रहरीले बताएकाे छ ।

आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी तीन वटा अभियोगमा मुद्दा दायर भएको छ । २०६४ साल चैत्र २७ गते पहिलो संविधानसभा चुनावको अघिल्लो दिन आलमका काका शेष इद्रिसको गोठमा बम विस्फोट हुँदा घाइते तथा मृत्यु भएकालाई इँटाभट्टामा हालेर जलाएको आरोपमा गएको असोज २६ गते नेता आलमलाई प्रहरीले पक्राउ गरेको थियो ।

Previous Post

कामना सेवाको सहयोग नवजाग्रीत मावि तिलाहारलाई !

Next Post

त्रिभुवन आदर्श नमुना विद्यालय स्याङ्जामा आयोजना नगर स्तरिय हाजिरि जवाफ !

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
त्रिभुवन आदर्श नमुना विद्यालय स्याङ्जामा आयोजना नगर स्तरिय हाजिरि जवाफ !

त्रिभुवन आदर्श नमुना विद्यालय स्याङ्जामा आयोजना नगर स्तरिय हाजिरि जवाफ !

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?