• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

नेटवर्किङ व्यवसायका नाममा ठगी गरेको आरोपमा बर्दियाबाट चार जना पक्राउ

Lekhnath Khabar by Lekhnath Khabar
November 2, 2019
in समाचार
0
0
SHARES
52
VIEWS
Share on FacebookShare on Twitter

भारतमा रहेको नेटवर्किङ व्यवसायका नाममा नेपालीले नै गाउँका सोझासाझा नेपालीलाई ठगी गरेको आरोपमा बर्दिया प्रहरीले ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

भारत पुगेका नेपालीले भारतको लखिमपुरमा रहेको नेटवर्किङ बिजनेसका नाममा नेपालका विभिन्न जिल्लामा विस्तार गरी सोझासाझा नेपालीलाई नै ठगी गरेको आरोपमा बर्दिया प्रहरीले चार जनालाई पक्राउ गरी शनिबार बिहान पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

नेटवर्किङ बिजनेसका नाममा ठगी गरेको आरोपमा बर्दिया गुलरिया नगरपालिका ४ का बिवेक थारू, वडा ५ का हिमाल भनिने प्रजय चौधरी, बारबर्दिया नगरपालिका ७ का दिपक चौधरी र राजापुर नगरपालिका ३ का आशा थारूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय बर्दियाका प्रहरी उपरीक्षक (एसपी) राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।

ओरियन्स ग्लोबल नेटवर्किङ प्रालि नामक बहुराष्ट्रिय कम्पनिले नेटवर्किङ बिजनेसका नाममा ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरी अनुसन्धान सुरु भइरहेको र थप अरु पनि पक्राउ पर्नसक्ने जिल्ला प्रहरी उहाँले बास्तोलाले बताउनुभयो ।

‘नेपालका तर्फबाट कैलाली टिकापुर नगरपालिका-१ का २६ वर्षीय साजन चौधरीलाई सम्पर्कमा ल्याएपछि उनकै माध्यमबाट त्यसै ठाउँका सन्तोष चौधरी र कैलारी-६, बैजपुरका मनोज चौधरीलाई ल्याएपछि नेपालमा यो नेटवर्किङ बिजनेसकाे सुरुवात भएको देखिन्छ’ एसपी बास्तोलाले भन्नुभयो ।

ठगी मुद्धा शीर्षकमा आरोप प्रमाणित भए सजायस्वरुप मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २४९ को उपदफा ३(ग) बमोजिम ७वर्ष कैद र ७० हजार जरिबाना हुने उहाँले बताउनुभयो ।

कम्पनीबाट आएका एजेन्टले विभिन्न प्रलोभन देखाइ ठगी गरिरहेका पाइएकाे छ । हालसम्म बाँके, बर्दिया, कैलाली, दाङ र कञ्चननपुर जिल्लाका गरी झण्डै २ सय जना पीडित व्यक्तिहरुलाई उद्धार गरी उनीहरु मार्फत जानकारी लिएर त्यस कम्पनीको एजेन्टका रूपमा काम गरीरहेकाले उनिहरु पक्राउ परेका हुन् ।

ओरियन्स ग्लोबल नेटवर्किङ प्रालि नामक बहुराष्ट्रिय कम्पनिले विभिन्न देश सहित भारतको चेन्नइमा प्रधान कार्यालय, दिल्लीमा शाखा कार्यालय र लखिमपुरमा उपशाखा कार्यालय खोली नेचुरल वेल इन्टरप्राइजेज मार्फत खाद्य पदार्थको नेटवर्किङ बिजनेस गरिरहेको र प्रलोभनमा पारी सोझा मानिसलाई ठगी गर्दै विभिन्न किसिमका औषधी वितरण गरिरहेको पाइएको छ ।

पछिल्लो समय भारतको लखिमपुरबाट ओरियन्स नामक नेटवर्किङ व्यवसायका एजेन्टहरु नेपालको बाँके, बर्दिया, कैलाली दाङ लगायतका जिल्लामा सोझासाझा मानिसलाई ठग्न थालेको उजुरी पर्न थालेपछि नेटवर्किङ बिजनेसमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिन सुरु गरेको जनाएको छ ।

Previous Post

थाइल्याण्डको तीन दिने भ्रमणमा निस्किए भारतीय प्रधानमन्त्री मोदी

Next Post

साओमीले पोल्याण्डमा सार्वजनिक गर्दैछ ‘एमआई नोट १०’

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
साओमीले पोल्याण्डमा सार्वजनिक गर्दैछ ‘एमआई नोट १०’

साओमीले पोल्याण्डमा सार्वजनिक गर्दैछ ‘एमआई नोट १०’

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?