• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

मनसुन लम्बिँदा दशैँ मनाउन गाउँ जानेलाई सास्ती

Lekhnath Khabar by Lekhnath Khabar
October 3, 2019
in समाचार
0
0
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

सर्लाहीको बरहथवा नगरपालिका ९ का मेघराज दाहाललाई जिल्लाको च्यानडाँडादेखि सोल्ठीमोडसम्मको सडकबाट ओहोरदोहोर गर्नुपर्छ । नयाँरोड मधुवनीगोठ ४२ किलोमिटर हुलाकी सडक गढैयासम्म बिस्तार भइरहेको छ । बाटो बिस्तार भइरहेका बेला लगातारजसो पानी परेपछि हिलाम्मे छ ।

दशैँ लागिसक्दा पनि बाटो मर्मत हुन नसकेपछि दाहालको गुनासो छ ‘पहिला पहिला दशैँ आएपछि बाटो चिटिक्क हुन्थ्यो, आउजाउ गर्न सुविधा हुन्थ्यो, तर अहिले बजेट निकासा भएको छैन भनेर टार्दै आएका छन् ।’

उहाँले थप्नुभयो, ‘दशैँमा आउने पाहुनाले पनि सुख नपाउने भए, कालोपत्रे हुन बाँकी रहेको जम्मा चार किलोमिटर सडक पनि रुख काट्ने विवादले रोकिएको सुनिन्छ ।’ गाडी गुड्न तथा पैदलै हिँड्न समेत अप्ठ्यारो हुँदा पनि पालिकाले ध्यान नदिएको दाहालको गुनासो छ ।

दशैँ, तिहार जस्ता मुख्य चाडपर्वका बेला सबैजसो सडक मर्मत सम्भार हुनुपर्ने हो । तर बर्खामा बिग्रेभत्केका देशैभरका ग्रामिण सडक अस्तव्यस्त छन् । मुख्य राजमार्गमा खासै समस्या नभए पनि पिच नभएका तथा नयाँ खोलिएका ग्रामिण सडकको अवस्था भने बेहाल छ । बर्खामा भत्केका सडक तथा बाढीले बगाएका पुल मर्मत नहुँदा दशैँका लागि आउजाउ गर्नेहरुले सास्ती नै खेप्नुपरेको महोत्तरीको भंगाहा नगरपालिका ७ का रामदुरार यादवको गुनासो छ ।

असोज ५ गतेदेखि गाडीको अग्रिम टिकट बुकिङ खुल्यो । अहिले काठमाण्डौ सहित मुख्य शहरबाट गाउँ जानेहरुको घुईंचो छ । तर गाउँ जाने सडक बेहाल हुँदा धेरैले सास्ती खेप्नुपरेको छ ।

धेरै ग्रामिण सडकको हालत उस्तै

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको निमार्णाधीन सडकखण्डको हिले पाख्रीवास १३ किलोमीटर सडक, पञ्चे लेगुवा १३ किलोमीटर सडकखण्ड पनि अस्तव्यस्त छ । गाडी बीचमा रोकिनुपर्ने अवस्था छ । धनकुटा हुदै भोजपुर र संखुवासभासम्म ठाउँठाउँमा हिलोमा फस्ने गाडीलाई क्रेन र डोजरको सहयोगमा निकाल्दै गन्तव्यतर्फ पठाउने गरिएको छ ।

पाँचथरको फिदिम फालोट, यासोक लगाएतका सडक मर्मत भएका छैनन् । पाँचथरको फिदिम फालोट, मायाँलु मोड, राँके रवि, फिदिम रानिटार लुङरुप्पा, फिदिम यासोक सडकखण्डका कतिपय खोलामा पुलसमेत नहुँदा थप समस्या भएको फालेलुङ गाउँपालिकाका अध्यक्ष सन्चकुमार केरुङले बताउनुभयो ।

खोटाङका धेरैजसो कच्ची सडक अवरुद्ध भएका छन् । खोटाङका लोकल रुटमा गाडी चल्न नसकेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताउनुभयो । दिक्तेल–बाक्सिला, दिक्तेल–ऐँसेलुखर्क, दिक्तेल–पाथेका, दिक्तेल–मात्तिम–पञ्चमी, दिक्तेल–रेग्मीटार–रसुवा सडक ठप्प छ ।

यस्तै मध्यपहाडी लोकमार्ग अन्तर्गतको दिक्तेल–निर्मलीडाँडा–चखेवाभन्ज्याङ सडक पनि ठप्प छ । व्यवसायीले सडकको अवस्थाका कारण यात्रुलाई गन्तव्यमा पुर्‍याउन समेत कठिन हुने बताउँदै आएका छन् । यात्रु मात्र नभएर दैनिक उपभोग्य सामान ढुवानीमा पनि समस्या रहेको खोटाङ यातायात प्रालिका कोषाध्यक्ष गोबिन्द बहादुर कटुवाल बताउनुहुन्छ ।

बैतडीका ग्रामिण सडकमा पनि समस्या छ । तल्लोसोराड जोड्ने पाटन–पञ्चेश्वर सडक हिलाम्य हुँदा गाडी चलाउन मुश्किल परेको मेलौलीका लक्ष्मण पार्कीेले गुनासो गर्नुभयो । यस्तै देहीमाण्डौं गिरेगडा, सतबाँझ श्रीभावर सडक पनि वर्षाका कारण हिलाम्य हुँदा समस्या छ । चालक किशोर मडैका अनुसार श्रीभावर हाट, दुदिलाखान गाँजरी, अनारखोली कैलपाल, मोतीनगर शंकरपुरलगायतका सडकमा पनि उस्तै समस्या छ ।

दशैँमा पुख्र्यौली थलोमा पुग्नेहरु, भारतबाट घर फर्कनेहरु तथा बिरामी बढी मारमा पर्ने गरेका चालक मडैले बताउनुभयो । कतिपयले हिँडेरै गन्तब्यमा पुग्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।

मध्यपहाडी लोकमार्ग, पाँचथर, खोटाङ, बैतडी जिल्लाका ग्रामिण सडक केही सडक अवस्थाका उदाहरण मात्र हुन् । अरु जिल्लामा पनि समस्या उस्तै छ ।

मनसुन लम्बिएकाले समस्या

बर्खाका तीन महिना जेठ, असार, साउन बाहेक अरु बेला गाडी चल्ने सडकमा पनि यसवर्षको दशैँमा हिँडेरै जानुपर्ने बाध्यता छ । बर्खामा भत्केका सडक भदौ/असोजमा मर्मत हुने गरे पनि यसपाली मनसुन लम्बिएपछि दशैँ मनाउन गाउँघर तथा पुख्र्यौली थलोमा पुग्नेले सास्ती खेप्नुपर्ने भएको छ ।

लगातारजसो पानी परेपछि सडक मर्मत हुन नसकेको जनप्रतिनिधिको भनाइ छ । सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुने गर्छ । तर यसपालि अझै केही दिन मनसुन रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Previous Post

चन्द्रागिरीमा रहेको चक्लेट गोदाममा अनुगमन टोलीको छापा

Next Post

महराद्वारा सरकारी सुविधा फिर्ता

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
महराद्वारा सरकारी सुविधा फिर्ता

महराद्वारा सरकारी सुविधा फिर्ता

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?