• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

इटलीको एउटा गाउँमा १२५ रुपैयाँमै घर

Lekhnath Khabar by Lekhnath Khabar
October 2, 2019
in समाचार
0
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

इटलीमा गएर बस्नु कैयौँ व्यक्तिहरुका लागि सपना हुनसक्छ । तर अहिले इटलीको द्वीप सिसिलीको एक नगर परिषद्ले विदेशीहरुलाई त्यहाँ गएर बस्न मद्दत र प्राेत्साहन गरिरहेको छ ।

यो खास गाउँमा बस्नका लागि एक यूरो अर्थात् झण्डै एक सय २५ नेपाली रुपैयाँ भए पुग्छ । सिसिलीको ग्रामीण इलाकाको गाउँ सम्बुकाका अधिकारीहरुले सन् २०१९ मा लगातार कम भैरहेको जनसंख्याको समस्यालाई रोक्नका लागि एउटा खास योजनाको घोषणा गरेका हुन् ।

उनीहरुले गाउँमा खाली रहेका पुराना घरलाई मात्र एक युरोमा बेच्ने घोषणा गरेको हो ।

युरोपका कैयौँ साना शहर र गाउँमा जस्तै सम्बुकामा पनि समयसँगै जनसंख्या निकै कम हुँदै गयो । यहाँका मानिसहरु नजिकैको शहर या विदेशमा बस्न गएपछि अहिले यो गाउँको जनसंख्या मात्र पाँच हजार आठ सयको हाराहारीमा छ ।

यही अवस्थालाई मध्यनजर गर्दै सम्बुकाको नगर परिषद्ले पुराना खाली रहेका घर खरिद गरेर विश्वभरका मानिसहरुलाई नगण्य मूल्यमा बेच्ने फैसला गरेको हो, यसबाट कारण नयाँ मानिसहरु यहाँ बस्नका लागि आकर्षित गर्न सकिने उनीहरुकाे अपेक्षा छ ।

सुन्दर घर बसाउने सपना

यस घाेषणाबाट विश्वका अन्य इलाका र समुदायका मानिसहरुलाई यहाँ आएर आफ्नो सपनाको सुन्दर घर बनाउने अवसर मिलेको छ ।

सम्बुकाका मेयर लियोनार्दाे सिकासियो भन्छन्, ‘पहिला नगर परिषद्ले कानुनी कारबाही पूरा गरेर यहाँका घरहरु किन्यो । त्यसपछि १६ वटा घर लिलामी गरियो, यी सबै घर विदेशीहरुले किने ।’

‘यो योजना सफल भयो । विश्वभरिका कैँयौ कलाकारले पनि यसमा रुचि देखाए र सम्बुका आएर बस्न थाले’, उनले अगाडि भने ।

सम्बुकाका उपमेयर तथा आर्किटेक्ट ज्यूसेप कैसियोपो भन्छन्, ‘जसले यहाँ घर किने, उनीहरुमध्ये केही संगीतज्ञ र नृत्य कलाकार छन्, पत्रकार र लेखकले पनि यहाँ घर किनेका छन् । उनीहरु यहाँको प्राकृतिक सुन्दरताको बयान गर्छन् ।’

सम्बुकाकी एक निवासी मासी मोन्टलबानो भन्छिन्, ‘विश्वभरिका मानिसहरुले हाम्रो गाउँ र हाम्रो संस्कृतिमा रुचि देखाए । अहिलेसम्म ६० वटा घर बिक्री भैसकेका छन् ।’

यहाँ निकै कम मूल्यमा घर खरिद गर्नुको एउटै उद्देश्य भनेको खरिद गर्नेहरुले घरको मर्मतमा पैसा लगाउन् । ती पुराना घर मर्मत गर्न खरिदकर्ताको निकै पैसा लाग्न सक्छ र उनीहरुलाई यो काम गर्नका लागि तीन वर्षको समय दिइएको छ ।

एक युरोको घर

‘एक युरो’ को घरको योजना चलिरहँदा सम्बुका रातारात विश्वभरि नै चर्चित भयो । योजनाको सुरुवातपछि अहिलेसम्म ४० घर सामान्य मूल्यमा बिक्री भैसकेको छ ।

सम्बुकामा घर खरिद गर्नेहरु विदेशी मात्र नभइ इटलीका आप्रवासीहरु पनि छन् । तीमध्ये एक हुन् ग्लोरिया ओरिजी, जो पहिला इटलीको मिलान शहरमा बस्थिन् र फेरि पेरिस गएर बस्न थालिन् ।

सम्बुकामा घर खरिद गर्नुको पछाडि उनी भन्छिन्, ‘म कैँयौ वर्षसम्म फ्रान्समा बसेँ तर मलाई इटालीमा घर होस् भन्ने इच्छा थियो । सम्बुकाको बारेमा मलाई मनपर्ने कुरा भनेको यसको सुन्दरता, यहाँको मानिसबीच आत्मीयता हो, जुन कम ठाउँमा मात्र देख्न पाइन्छ । यहाँका मानिसहरु खुला हृदयका हुने भएकाले मैले यहीँ नै घर किन्ने फैसला गरेको हुँ ।’

मारिसा मोन्टलबानो पनि सम्बुकाकी नयँ बासिन्दा हुन् । उनी भन्छिन्, ‘म बाल्यकालमा आमाबुवासँग अमेरिका गएको थिएँ । म ११ वर्षसम्म शिकागोमा रहेँ । त्यसपछि सम्बुका फर्किँदा पहिला त असहज भयो र तर फेरि यहाँको सुन्दरताले मलाई लोभ्यायो ।’

इटालियन आप्रवासी

सम्बुकाका मेयर लियोनार्दाे सिकासियो खाली रहेका घरहरुमा फेरि बसोबासको चहलपहल बढेपछि निकै खुशी छन् । उनी भन्छन्, ‘यो योजना निकै सफल रह्यो ।’

सम्बुकाको यो योजनाको सफलताबाट इटलीको अर्काे खाली हुँदै गरेको अर्काे गाउँ पनि प्रेरित भएको छ । त्यो गाउँ पनि यो योजना सुरु गर्नको लागि विचार गरिरहेको छ ।

तर यो योजना सफल हुनका लागि विदेशी मात्र नभइ इटलीका आप्रवासी पनि स्वदेश फर्किनुपर्छ ।

Previous Post

नेपाली सेना पहिलो पटक विश्व सैन्य खेलकुद प्रतियोगितामा सहभागी हुने

Next Post

चन्द्रागिरीमा रहेको चक्लेट गोदाममा अनुगमन टोलीको छापा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
चन्द्रागिरीमा रहेको चक्लेट गोदाममा अनुगमन टोलीको छापा

चन्द्रागिरीमा रहेको चक्लेट गोदाममा अनुगमन टोलीको छापा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?