• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

दशैँ खर्च जुटाउन बालुवा निकाल्दै मजदुर

Lekhnath Khabar by Lekhnath Khabar
September 29, 2019
in समाचार
0
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

दशैँपर्व नजिकिँदै गर्दा पर्व खर्च जुटाउन त्रिशूली नदीमा मजदुरी गर्न आउने मानिसको सङ्ख्या निकै बढेको छ । गएको सातादेखि त्रिशूली नदीमा बालुवा झिक्न आउने मजदुरको लर्को लाग्न थालेको छ ।

पर्व मनाउनका लागि नदीबाट बालुवा निकालेर बिक्री गर्ने काममा सयौँ मजदुर टाढाटाढादेखि धादिङको बैरेनी, आदमघाट, बेल्खु लगायतका स्थानमा आएका छन् । जोखिमयुक्त काम भए पनि छोटो समयमा नै मनग्य आम्दानी हुने हुँदा चाडबाड मनाउने सबैभन्दा उपयुक्त विकल्प ठानेर बालुवा झिक्न आएको मजदुर बताउँछन् । बालुवा मजदुर रामकुमार राईका अनुसार दैनिक सामान्यतया २५ सयदेखि चार हजार रुपियाँसम्म आम्दानी हुन्छ ।

जति पर्व नजिकिँदै जान्छ, त्रिशूली नदीको भेलबाट बालुवा झिकेर दैनिकी चलाउने मजदुरको खटन पनि बढ्दै जान्छ । पर्व खर्च जुटाउनका लागि त्रिशूली नदीको भेलबाट बालुवा निकाल्ने मजदुर नदी किनारमा जताततै भेटिने गरेका छन् । खाली खुट्टा त्रिशूली नदीको बीच भागसम्म पुगेर हातैले बालुवा निकाल्दैमा मजदुरको दिन बित्ने गरेको छ ।

नदी र खोलामा मेसिनको प्रयोग गर्न स्थानीय प्रशासनले कडाइ गरेपछि त्रिशूली नदीको भेलसँग पौँठेजोरी खेलेर बालुवा निकाल्ने मजदुरको सङ्ख्या ह्वात्तै बढेको छ । त्रिशूली नदीमा बालुवा निकाल्न स्थानीयभन्दा धेरै बाहिरी जिल्लाका मजदुर जम्मा भएका हुन्छन् ।

हरेक वर्ष वर्षात्को समयमा त्रिशूली नदीबाट बालुवा निकाल्नका लागि जाजरकोट, बर्दिया, खोटाङ, उदयपुर, रौतहट, मकवानपुर लगायतका जिल्लाबाट मानिस आउने गर्छन् । ठूला चाडपर्वहरू पनि नजिकिएकाले चाडपर्व मनाउने खर्च जुटाउनका लागि नदीमा बालुवा झिक्ने काम गर्न आएको उनीहरू बताउँछन् ।

खोटाङबाट बालुवा निकाल्न धादिङको बैरेनीस्थित त्रिशूली नदी किनारमा आएका सन्तोष राई भन्नुहुन्छ, चाडबाड मनाउन सजिलो छैन, पैसा निकै खर्च हुन्छ, सोही खर्च जोहोका लागि नदीमा बालुवा झिक्न आएको हो । वर्षात्को समयमा भन्दा अरू बेला बालुवा निकाल्न पाइँदैन, सकिँदैन पनि । अलि बढी दुःख र जोखिम भए पनि कमाइ राम्रै हुन्छ ।

बालुवा मजदुर राई भन्नुहुन्छ, “तीन महिना मज्जासँग दुःख ग¥यो भने छ महिनालाई घरखर्च चलाउनका लागि अन्य काम गर्नुपर्दैन ।” त्रिशूली नदी र यस वरपरका खोलाबाट बालुवा झिक्ने मजदुर समूह–समूह बनाएर काम गर्दछन् । एक टिप्पर बालुवा निकालेबापत ठेकेदारबाट मजदुरले सात हजार रुपियाँसम्म पाउने गरेका छन् । १०÷१५ जनाको समूह बनाएर बालुवा निकाल्ने गरेका मजदुरले नदीमा ठूलै भलबाढी आएको दिनमा चार टिप्परसम्म बालुवा निकाल्ने गरेका छन् ।

स्थानीय निकाय, बालुवा ठेकेदारहरूको मिलेमतोका कारण मजदुरले निकालेको बालुवा बिक्री नहुने, कम पैसामा बेच्नुपर्नेजस्ता समस्या पनि प्रशस्त छन् । वर्षात्को समयमा त्रिशूलीमा बालुवाको मात्रा बढ्छ । बढी बाढी आउने समय जेठ, असार, साउन, भदौ र असोजमा बालुवा निकाल्ने मजदुर त्रिशूली नदीमा भेटिन्छन् तर जहाँतहीँ डोजरको प्रयोगले बालुवा उत्खनन गर्दा हातैले बालुवा निकाल्ने मजदुरलाई समस्या पर्ने गरेको छ ।

बालुवा मजदुर साने राई हिउँदमा डोजरको प्रयोगबाट बालुवा निकालिँदा सो स्थानमा वर्षात्को समयमा समेत काम गर्न कठिन हुने गरेको बताउनुहुन्छ । सुरक्षाको कुनै पनि विधि नअपनाउँदा बालुवा निकाल्ने मजदुरको ज्यान जोखिममा रहेको छ ।गाेरखापत्रमा खबर छ।

Previous Post

मनसुन अझै दश दिन कायम रहने मौसमविद्हरुकाे भनाइ

Next Post

पारस खड्काः टी-२० क्रिकेटमा लक्ष्य पछ्याउँदा शतक प्रहार गर्ने विश्वकै पहिलो कप्तान

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो
समाचार

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

Next Post
पारस खड्काः टी-२० क्रिकेटमा लक्ष्य पछ्याउँदा शतक प्रहार गर्ने विश्वकै पहिलो कप्तान

पारस खड्काः टी-२० क्रिकेटमा लक्ष्य पछ्याउँदा शतक प्रहार गर्ने विश्वकै पहिलो कप्तान

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?