• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

नेता कार्यकर्तालाई का‌ंग्रेस नेतृत्वकाे आग्रह : आउँदाे चुनावमा कम्युनिष्ट सरकार ढाल्ने गरी अघि बढ्नुहाेस्

Lekhnath Khabar by Lekhnath Khabar
September 28, 2019
in समाचार
0
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकार नेपालको इतिहासमै सबैभन्दा असफल सावित भइसकेको दाबी गर्नु भएको छ ।

पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका सभापति देउवाले व्यापारीहरुलाई आजित बनाउने गरी कर बढाएको, नागरिकलाई दशैँमा सामान किनमेल गर्न समेत नसक्ने गरी महँगी बढाउने काम सरकारले गरेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो ।

बडादशैँको अवसर पारेर पार्टीले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले जनता, उद्योगी, व्यापार सबै ओली नेतृत्वको वर्तमान सरकारसँग आजित भइरहेको दाबी पनि गर्नुभयो ।

‘ओली सरकार नेपालमा सबैभन्दा असफल सरकार सावित भएको छ’, सभापति देउवाको दाबी थियो, ‘अति धेरै कर बढाएर सारा उद्योगी, व्यापारी आजित छन्, यति महँगी सरकारले बढाएको छ कि जनताले दशैंँ खर्चसमेत धान्न सक्ने अवस्था छैन ।’ सभापति देउवाले सरकारले एकदलीय अधिनायकवादी सर्वसत्तावाद लाद्न प्रजातन्त्र विरोधी कानुनहरु बनाउने प्रयास गरिरहेको आरोप पनि लगाउनुभयो ।

सभापति देउवाले प्रजातन्त्र विरोधी सरकारका कुनै पनि गतिविधि सैह्य नहुने चेतावनी पनि दिनुभयो । उहाँले पार्टीभित्रको अन्तरघातकै कारण चुनावमा हार व्यहोर्नु परेको उल्लेख गर्दै अन्तरघातमुक्त पार्टी निर्माणमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नुभयो ।

कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले आगामी चुनावमा कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार ढाल्ने गरी पार्टीको काममा लाग्न नेता, कार्यकर्तालाई आग्रह गर्नु भयो । नेपाली कांग्रेसलाई निर्वाचनमा कुनै पनि राजनीतिक दलले हराउन नसक्ने भए पनि अन्तरघातका कारण हार्नु परेको दाबी गर्दै सभापति देउवाले आउँदो चुनावमा विजयी हुने गरी पार्टीको कामलाई अघि बढाउन सिंगो पार्टी पंक्तिले प्रतिज्ञा गर्नुपर्ने पनि बताउनुभयो ।

कांग्रेस नेता गगनकुमार थापाले सरकारले दुई तिहाईको तरबार देखाएर न्यायालयलाई समेत तर्साउने काम गरिरहेको उल्लेख गर्दै सैह्य नहुने चेतावनी दिनुभयो । नेपाललाई कम्बोडियामा जस्तो तानाशाही व्यवस्था ल्याउन सरकारले खोजिरहेको उल्लेख गर्दै त्यसलाई सफल हुन नदिने पनि उहाँको चेतावनी छ ।

नेता थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार काठमाण्डौमा कम्युनिष्ट पार्टी मात्रै नेपालमा रहने दिने अभिव्यक्ति दिएकोमा आपत्ति जनाउँदै सिंहको गर्जनका साथ कम्युनिष्ट पार्टी आए काँग्रेसले शिकारीको रुप धारण गरेर परास्त गर्ने दृढता पनि व्यक्त गर्नुभयो ।

नेता थापाले सरकारले लोकतन्त्र विरोधी गतिविधिलाई अघि बढाएकाले त्यसको विरोध गर्नु परेको पनि स्पष्ट पार्नुभयो ।

Previous Post

बाजुराको स्याउ उपभोक्ताको रोजाइमा, एक दाना स्याउ एक रुपैयाँमै

Next Post

आयुष्मान खुरानाको ‘ड्रिम गर्ल’ले १४ दिनमा कति कमायो ?

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
आयुष्मान खुरानाको ‘ड्रिम गर्ल’ले १४ दिनमा कति कमायो ?

आयुष्मान खुरानाको ‘ड्रिम गर्ल’ले १४ दिनमा कति कमायो ?

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?