• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

संस्कृत भाषा र पूर्वीय दर्शनबाट ५० जना दीक्षित

Lekhnath Khabar by Lekhnath Khabar
September 28, 2019
in समाचार
0
0
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

। पूर्वीय वाङ्मय प्रतिष्ठानबाट एक वर्षमा ५० जना प्रशिक्षार्थी संस्कृत भाषा र पूर्वीय दर्शनबाट आज दीक्षित भएका छन् । गत वर्ष स्थापित प्रतिष्ठानमा अध्ययन गरेका विद्यार्थीलाई आज सत्रान्त प्रमाणपत्र वितरण गर्दै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाललाई वाङ्मय एवं कला, साहित्य, संस्कृतिबाट उच्च र समृद्ध बनाउन आह्वान गर्नुभयो ।

प्रतिष्ठानले संस्कृत भाषा, देवनागरी लिपिका अक्षर र शब्द संरचना तथा पूर्वीय वाङ्मयका स्रोत, वेद, गीता, वैदिक समाज, संस्कार, मानव विकासक्रम, आत्मा, आयुर्वेद आदि विषयमा ज्ञान प्रदान गरिरहेको छ ।

सो अवसरमा प्रशिक्षक प्रा डा लक्ष्मणप्रसाद गौतमले पश्चिममा इतिहास, ज्ञान आदिको अन्त्य भनिए पनि हामीकहाँ नेती नेती अर्थात् कहिल्यै अन्त्य नभएको बताउनुभयो । प्रशिक्षक डा नारायणप्रसाद गड्तौलाले यस भूमिमा देवताहरु पनि जन्मन लालायित हुने बताउँदै पूर्वीय दर्शनको अनुसन्धानमा लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रम संयोजक डा विवेक घिमिरेले जिउनु र बाँच्नुमा फरकपन भेटिएको बताउँदै जीवन बाँच्न संस्कृत भाषा र वाङ्मयले सिकाउने विचार राख्नुभयो ।

हरेक शनिबार दिइने सो प्रशिक्षणमा चिकित्सक, प्राध्यापक, शिक्षक, निजामती सेवाका कर्मचारी, औषधि व्यवसायी, लेखा परीक्षक, पत्रकार, विद्यार्थी, व्यापारी, गैससकर्मी आदिको सहभागिता छ । हजारौँ वर्ष लामो इतिहास बोकेको भाषाहरूको जननी मानिने संस्कृत भाषा र जीवन्त सभ्यता, अमूल्य संस्कृति र ज्ञानविज्ञानको धनी पूर्वीय वाङ्मयको पुनर्जागरण गर्ने प्रतिष्ठानको प्रयास रहेको कार्यक्रम संयोजक डा घिमिरेले बताउनुभयो । अठार –२० दिनको सो कक्षाबाट संस्कृत भाषा सामान्य बोल्न र राम्रोसँग अर्थ लगाउन सकिन्छ ।

Previous Post

डोटीमा बजार अनुगमन : एउटै पसलमा पाँच लाख बराबरको अखाद्य वस्तु फेला

Next Post

बाजुराको स्याउ उपभोक्ताको रोजाइमा, एक दाना स्याउ एक रुपैयाँमै

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
बाजुराको स्याउ उपभोक्ताको रोजाइमा, एक दाना स्याउ एक रुपैयाँमै

बाजुराको स्याउ उपभोक्ताको रोजाइमा, एक दाना स्याउ एक रुपैयाँमै

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?