श्राद्ध शब्दले पितृहरुलाई श्रद्धापूर्वक सम्झनु र उनीहरुप्रति कृतज्ञता प्रकट गर्नु भन्ने बुझाउँछ । हिन्दु संस्कार अनुसार दिवङ्गत पितृहरुको स्मरणमा श्रद्धा र सम्मान अर्पण गरिने कार्यलाइ श्राद्ध भनिन्छ । जीवित हँुदा माता पिताको सेवा गर्नु सन्तानको कर्तव्य हो । साथै उनिहरुको मृत्यु पश्चात् दाहसंस्कारको आदि कृया गर्नु एवं अज्ञातस्थलमा पुगेका पितृहरुको सम्झना गर्दै श्राद्धादि कार्य गर्नु पनि सन्तानको दायित्व हो ।
श्रुतिस्मृति शास्त्रहरुको बताएका विधान अनुसार आफ्ना पितृहरुका निमित गरिने पैतृक कर्म नै श्राद्ध हो । पितृहरुका प्रतिक बनेर निमन्त्रणा सहित आफ्ना घर आएका ब्राह्मणहरुलाई पितृको प्रिय वस्तुको दान वा भोजन गराउनु पनि श्राद्ध नै हो । संसारको आदिम ग्रन्थ ऋग्वेदका अनुसार पुर्वजहरुलाई श्रद्धापूर्वक सम्झना अर्थात् श्राद्ध गर्न जृनसुकै धर्म सम्प्रदायलाइ रोकावट गरिएको छैन । श्राद्धको निम्ति पवित्र इच्छा, भक्ति, श्रद्धा, ताजा संस्मरण अनिवार्य मानिन्छ ।
पिता माताबाट नै आफ्नो शरीर पैदा भएको र लालन पालन शिक्षादिक्षा समेत प्राप्त हुने हुँदा उनिहरुका निमित्त श्रद्धा सुमन चढाउने निर्देशन हिन्दु धर्मले दिएको छ । पहिलो पुस्ता पिता माता वसुस्वरुप, दोस्रो पुस्ता हजुरबुवा हजुरआमा रुद्रस्वरुप, तथा तेस्रो पुस्ता बुढो हजु्रबुवा बुढीहजुरआमा आदित्य स्वरुप भएर श्राद्ध कर्म स्वीकार गर्दछन् । श्राद्धको फलबाट दिव्यलोकमा पुगी दीर्घकालसम्म सुख पाउँछन् र आफ्ना सन्ततिहरुलाइ इच्छित फल प्रदान गर्दछन् भन्ने कुरा वेदमा प्रष्ट उल्लेख छ ।
श्राद्धका प्रकार
शास्त्रमा विवाह व्रतबन्ध, आशौच आदि विभिन्न अवसरमा पनि श्राद्ध गर्नु पर्ने उल्लेख छ । शास्त्रमा श्राद्धका अन्य धेरै भेद बताइएपनि एकोद्दिष्ट श्राद्ध, एकपार्वण श्राद्ध, पार्वण श्राद्ध, आभ्युदयिक श्राद्ध र तिर्थ श्राद्ध सामान्यतया व्यवहारिक श्राद्ध हुन् । एउटा मात्र पितृको उद्देश्य लिएर गरिने श्राद्ध एकोद्दिष्ट, धेरै पितृको सम्झनामा गरिने पार्वण या महालय श्राद्ध, माङ्गलिक कार्य गर्नु अघि गरिने श्राद्ध आभ्युदायिक श्राद्ध,वृद्धि श्राद्ध भनिन्छ ।
यसैगरी कुनै पनि पवित्र तीर्थस्थलमा गएर गरिने श्राद्ध तीर्थ श्राद्ध हो । यस बाहेक आफ्नो इच्छा पुरा गर्न गरिनेलाइ काम्य श्राद्ध, शरीर स्वस्थ्य राख्न गरिनेलाई पुष्टीश्राद्ध, देशान्तरमा जांँदा सफल हुन घ्युले गरिनेलाई यात्रा श्राद्ध भनिन्छ । जुनसुकै कठिनाई वा आपत् विपत् पर्दा पनि अन्य धर्म कर्म गर्न नसकिए पनि श्राद्ध गर्न छोड्न नहुने कुराको उल्लेख श्रुतिस्मृतिमा पाइन्छ ।
वैदिक परम्परा अनुसार प्रत्येक महिनामा पर्ने औंसी तिथिमा पितृहरुको श्राद्ध गर्नुपर्ने नीति उल्लेख छ । आश्विन कृष्णपक्ष प्रतिपदादेखि औंसी सम्मका पन्ध्र र र्पूिणमाको एकदिन गरी सोह्रतिथिमा श्राद्ध गरेमा पार्वण श्राद्ध नै मानिने शास्त्रमा उल्लेख छ । शुक्ल वा कृष्ण जुनै तिथिमा बितेका भएपनि सोहि तिथिलाई आधार मानेर प्रतिपदादेखि औंसी सम्मका पन्ध्र दिनमा पार्वण श्राद्ध गरिन्छ । पूर्णिमा तिथिमा गर्नु पर्ने श्राद्ध पनि औंशीमा गर्ने परम्परा छ ।
पितृपक्षमा श्राद्ध गर्ने व्यतिmले कपाल, नङ आदि काटेर सफा शुद्ध भई नित्य स्नान गरी पितृपक्षभरि नै सात्विक भोजन गर्नुपर्छ । पितृपक्षमा प्रतिप्रदादेखि औंसी भित्र आफ्ना पितृकुलका तीन पुस्ता भित्रकै पुण्य तिथिमा महालय श्राद्ध गर्नुपर्छ । यस पक्षको चतुर्दशी तिथि र संयोगवश मघा नक्षत्र परेमा श्राद्ध नगर्नु भन्ने शास्त्रीय वचन रहेको छ ।
Discussion about this post