• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

युरिया मलको हाँहाँकार भएपछि तनावमा किसान

Lekhnath Khabar by Lekhnath Khabar
June 7, 2019
in अर्थ खबर
0
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

खेती लगाउने मुख्य समयमा नै मकवानपुरमा युरिया मलको चर्को अभाव भएको छ । मकैखेती तथा चैते धान रोप्ने अहिले उपयुक्त समय हो । मकै र चैते धान रोप्ने मुख्य समयमा युरिया मल अभाव भएपछि किसान प्रभावित भएका छन् ।

यसले कृषि उत्पादनमा ह्रास आउने विश्वास किसानको छ । मल बिक्री गर्ने सहकारी संस्था र बीउबिजन केन्द्रमा मल खरीद गर्न जाने किसान रित्तै फर्किन थालेका छन् । जिल्लामा युरिया मल बिक्री वितरण गर्ने जिम्मेवारी पाएका कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेनिङसँग युरिया मलको मौज्दात नरहेका कारण मल समस्या देखिएको स्थानीय प्रशासनले जनाएको छ ।

कृषि सामग्री कम्पनीका प्रमुख शर्मिला घिमिरेले मलको समस्या एक हप्तामा समाधान हुने बताउनुभयो । मलको टेण्डर भई आयत प्रक्रिया पूरा भइसकेको र हेटौँडामा एक हप्तासम्ममा आउने जानकारी दिनुभयो ।

साथै साल्ट ट्रेनिङ हेटौँडाले पनि युरिया मल ल्याएर बिक्री गर्नमा केही समय लाग्ने जनाएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले किसानबाट मल अभावका गुनासो धेरै आएको बताउनुभयो । चालू आर्थिक वर्षमा अहिलेसम्म जिल्लामा एक हजार ६०० मेट्रिक टन मल खपत भएको छ । दुई हजार ३०० मेट्रिक टन युरिया मल ल्याउने तयारी भइरहेको कृषि सामग्री कम्पनीले जनाएको छ ।

त्यस्तै जिल्लामा पोटास र डिएपी मलको पनि अभाव देखिएको छ । नहरीमा पुल निर्माणमनहरी गाउँपालिका–६ कत्लेमा निर्माणाधीन पक्की पुलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । ६ नं वडाको सशस्त्र क्याम्प अगाडि रहेको कत्ले खोल्सीमा निर्माण भइरहेको पुलको ९९ प्रतिशत कार्यसम्पन्न भएको पुल निर्माण उपभोक्ता समितिले जनाएको छ ।

गाउँपालिकाले चालू आर्थिक वर्षमा उक्त स्थानमा पुल निर्माणका लागि रु २५ लाख बजेट विनियोजन गरेको थियो । गाउँपालिकाबाट प्राप्त उक्त बजेट तथा स्थानीयवासीको जनश्रमदानबाट पक्की पुल निर्माण गरिएको हो ।

Previous Post

यस्तो तल्लो स्तरको काम गरेर घुस लिएका सव इञ्जिनियर परे प्रहरीको फन्दामा

Next Post

मिडियाका विषयमा अभिब्यक्ति दिँदै फेरी कुर्लीए सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

अर्घौ कृषि सहकारीको लगानी उत्पादन तर्फ
अर्थ खबर

अर्घौ कृषि सहकारीको लगानी उत्पादन तर्फ

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो’–कोषाध्यक्ष हरि बस्ताकोटी
अर्थ खबर

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो’–कोषाध्यक्ष हरि बस्ताकोटी

लेखनाथ महोत्सवलाई सफल बनाउन सम्पुर्ण सुरक्षा निकायको पुर्ण साथ रहने
अर्थ खबर

लेखनाथ महोत्सवलाई सफल बनाउन सम्पुर्ण सुरक्षा निकायको पुर्ण साथ रहने

लेखनाथ महोत्सवमा स्टल बुकिङ खुला
अर्थ खबर

लेखनाथ महोत्सवमा स्टल बुकिङ खुला

Next Post

मिडियाका विषयमा अभिब्यक्ति दिँदै फेरी कुर्लीए सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?