• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home स्थानीय

नयाँ नेपाल सम्वत् भव्य रुपमा मनाईयो

३ जना अभिनन्दित

Lekhnath Khabar by Lekhnath Khabar
November 8, 2018
in स्थानीय
0
19
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

धनकुटा । नेपाल सम्वत् ११३९ को अवसरमा देशभरका नेवार समुदाय रहेको वस्तीहरुमा विविध कार्यक्रमसहित भव्यताका साथ मनाईएको छ । सो अवसरमा धनकुटामा ३ जनाको अभिनन्दन गर्दै मनाएको छ ।
धनकुटामा प्रत्येक वर्ष ५ वटा टोलहरु आलोपालो प्रणालीअनुसार मनाईन्छ । यस पटकको कार्यक्रमको आयोजना माथिल्लो कोप्चे टोलवस्ती संगठनको आयोजनामा मनाईएको छ ।
नेवाः पुचः को कार्यालय श्रीवानीमा भेला भएर कार्यक्रम शुरुवात गरिएको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नगर प्रमुख चिन्तन तामाङले रिवन काटेर गरेका थिए । यस्तै प्रमुख अतिथि नगर प्रमुख तामाङले नेपाल सम्वत्का प्रवर्तक शंखधर साख्वाको शालिकमा माल्यार्पण गरेका थिए ।
सो अवसरमा नगर प्रमुख तामाङले नेपाल विभिन्न जातजातिको कला संस्कृतिले भरिपूर्ण रहेको बताए । उनले संयुक्त राष्ट्र संघमा सदस्यता प्राप्त गर्न नेपाल भाषाको रञ्जना लिपीलाई राष्ट्रिय लिपीमा दस्तावेज गरी सदस्यता लिएको जानकारी दिदै नेवार समुदाय देशको सम्पन्न र कला संस्कृतिमा धनि रहेको बताए ।
श्रीवानीमा थकाली (ज्येष्ठ नागरिक) बाट टिका लगाई सगुन प्रसाद ग्रहण पछि नेवारी भेषभुषा, झाँकी र वाजागाजासहित ¥याली शुरु भएको थियो । ¥याली हुलाकटोल, वीचबजार, सिरानबजार, माथिल्लोकोप्चे, तल्लाकोप्चे हुदै विहीवारे हटियामा पुगि औपचारिक कार्यक्रममा परिणत भएको थियो ।
नेवाः देः दवुका जिल्ला अध्यक्ष श्रीकृष्ण प्रधानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा माथिल्लोकोप्चेका थकाली ज्येष्ठ नागरिकद्वय केदारभगत श्रेष्ठ र मथुरा अमात्यलाइ अभिनन्दन गरिएको थियो । यस्तै सो अवसरमा माथिल्लो कोप्चे स्थायी घर भई हाल नेपाल प्रहरीको गरिमामयी डिआईजी पदमा पुग्न सफल भएको भन्दै दिनेश अमात्यलाई अभिनन्दन गरिएको थियो ।
सो अवसरमा अभिनन्दित अमात्यले संस्थालाई आभार प्रकट गर्दै आफु धनकुटाको विकासमा जहिले पनि क्रियाशील रहने बताए । उनले आफु पदबाट रिटायर भएपछि धनकुटामै बसोवास गर्ने र विकासमा तपाईहरुसँग काँधमा काँध मिलाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
सो अवसरमा संस्थाका केन्द्रिय उपाध्यक्ष तथा समापन कार्यक्रमका प्रमुख अतिथि नवीनकिशोर शाक्य, आदिवासी जनजाति महासंघका अध्यक्ष सञ्जय सन्तोषी राई, धनकुटा अस्पतालका डा. रेणु भुजुले मन्तव्य राखेका थिए ।
कार्यक्रमको समापन पछि सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । उत्सवका लागि बजारका घरहरुको पेटीमा सयपत्री फूल सहितको घडाले सजाएका थिए ।
यो सम्वत् व्यापारी तथा समाजसेवी शंखधर साख्वाले त्यस समयका सरकार, साहु÷माहजनबाट लिईएको आमजनताको ऋणमुक्त गराएको सम्झनामा शुरु भएको मानिन्छ ।
अघिल्लो दिन मुचुङ्गा होटलमा स्थानीय थकालीबाट टिका लगाई मोटरसाईकल ¥याली गरिएको थियो । मोटरसाईकल ¥याली कर्मिटार, तल्लोकोप्चे, हुलाकटोल, श्रीवानी, नाशलचोक हुदै कागतेसम्म पुगेको थियो । यस्तै देव्रेवास, दानावारी, माथिल्लोकोप्चे हुदै विहीवारे हटीयामा समापन गरिएको थियो ।

Previous Post

पाख्रिवासबाट गएको टोलीले गाँजा फडानी गरे

Next Post

देउसीभैलोबाट साढे तीन लाख संकलन

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post

देउसीभैलोबाट साढे तीन लाख संकलन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?