• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home स्थानीय

समुदाय– प्रहरी साझेदारी कार्यक्रमको सुरुवात

Lekhnath Khabar by Lekhnath Khabar
October 28, 2018
in स्थानीय
0
0
SHARES
52
VIEWS
Share on FacebookShare on Twitter

धनकुटा । नेपाल प्रहरीले शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालनमा ल्याइको छ । प्रहरीले आज आइतबार धनकुटामा एक कार्यक्रमको आयोजना गरेर स्थानीय तह, समुदाय, सामाजिक संघसंस्था तथा विद्यालयसँगको साझेदारीमा उक्त अभियान सञ्चालन गरेको जनाएको हो ।

आइतबारबाट मुलुकभर एकैसाथ उक्त कार्यक्रमको सुरुवात भएको प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । सो अभियानले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने सरकारी लक्ष्य प्राप्त गर्न सहयोगी बन्ने विश्वास व्यक्त प्रहरीले गरेको गुरुङ बताए। गृह प्रशासन सुधार योजना, कानूनी प्रावधान र गृह मन्त्रालयले ल्यएको ८२ बुँदे अवधारणालाई समेत आत्मसात गरी उक्त कार्यक्रम अघि सारेको उनको भनाई छ ।

हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूलनाराका साथ उक्त अभियान केन्द्रदेखि गाउँ र टोलसम्म सञ्चालन हुनेछ । कार्यक्रम कार्यान्वयन गर्न केन्द्रीयस्तरदेखि गाउँतहसम्मै साझेदारी संरचना निर्माण गरिने प्रहरीले जनाएको छ । ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रममा अपराध रोकथाम, समुदाय सुरक्षा र सचेतना, शान्ति र सुव्यवस्था, विद्यालय सचेतना सहितका समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरिने गुरुङले बताए ।

यसअघिका ‘प्रहरी मेरो साथी’, ‘मुस्कानसहितको प्रहरी सेवा’ लगायत कार्यक्रम सीमित समयपछि प्रभावकारी हुन सकेका थिएनन । अहिलेको नयाँ अभियानलाई भने दिगो र दीर्घकालीन साझेदारीका रुपमा विकास गर्ने योजना प्रहरी प्रधान कार्यालयबाट प्राप्त भएको एसपी गुरुङले जानकारी दिए ।

विकास र सुरक्षाको अन्तरनिर्भरता, विद्यमान परिस्थिति र भावी कार्यदिशालाई सम्बोधन गर्दै अपराध रोकथाम गरी समाजमा शान्ति, सुरक्षा र अमनचयनका लागि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम फलदायी हुने प्रहरीको बताए ।
उक्त अभियान सफल पार्न टोलटोलमा प्रहरी, नागरिकमैत्री प्रहरी सेवा, समुदाय र विद्यालय सचेतना कार्यक्रम सँगसँगै जाने एसपी गुरुङले बताए । स्थानीय तहसँगको समन्वयमा विद्यालयमा समेत सामुदायिक सुरक्षा पाठ्यक्रम बनाएर लागू गरिने एसपी गुरुङले बताए ।
देशभरि सञ्चालन हुने कार्यक्रममा ७ सय ५३ स्थानीय तहसँग समन्वय गरिने जानकारी दिए। दश हजार सामाजिक संस्था, ७५ लाख विद्यार्थी, ३६ हजार विद्यालय, चार लाख शिक्षक, ७५ हजार प्रहरी र ४० लाख अभिभावक प्रत्यक्ष संलग्न हुने अनुमान प्रहरीको छ । प्रहरीले परिणाममुखी काम गर्ने योजनाका साथ नयाँ अवधारणा ल्याएकाले सम्बन्धित मन्त्रालय र स्थानीय तहबाट आवश्यक सहयोगको समेत अपेक्षा प्रहरीको छ।
यसैबिच ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रमको धनकुटा विधिवत रुपमा जिल्ला समन्वय समितिका प्रमुख टंक चुवानले उद्धाटन गरेका छन् । प्रहरी प्रमुख एसपी गुरुङको अध्यक्षयतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख तथा कार्यक्रमका प्रमुख अथिति टंक चुहान, प्रमुख जिल्ला अधिकारी सिताराम कार्की, महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमका फाइदा
‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमले सुरक्षा समन्वयमा महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । यो कार्यक्रममा प्रहरी विद्यालय बीचको सम्पर्क, सामुदायिक सचेतना र अपराध रोकथाम, सूचना संकलन र आदानप्रदान प्राथमिकतामा पर्ने बताइएको छ । त्यस्तै यसले प्राकृतिक सम्पदाको दोहन नियन्त्रण, वातावरण संरक्षण, विपद् व्यवस्थापन, साइबर अपराध नियन्त्रण, सुरक्षा उपकरण विस्तार, सामाजिक विकृति तथा बेचबिखन नियन्त्रणका लागि लागि प्रभावकारी हुने बताइएको छ ।
को को सँग साझेदारी हुनेछ
प्रहरीले ल्याएको ‘समुदाय–प्रहरी साझेदारी’ अभियानमा प्रहरी प्रधान कार्यालयले राष्ट्रिय संयोजन र व्यवस्थापनको काम गर्ने प्रहरीले जनाएको छ । जिल्लामा समुदाय–प्रहरी जिल्ला समिति निर्माण हुनेछ । यस्तै समुदाय–प्रहरी पालिका समिति, समुदाय–प्रहरी वडासमिति, समुदाय–प्रहरी टोल समिति र प्रहरी–विद्यालय सम्पर्क समिति निर्माण हुने जनाएको छ । जिल्ला संयोजकमा प्रमुख जिल्ला अधिकारी रहने र स्थानीय तहका स्नानीय तहका प्रमुख तथा प्रहरी कार्यालयले तोकेको प्रहरी अधिकृत सहसंयोजक रहने छन ।

यस सम्बन्धि समझदारी पत्रमा शुक्रवार जिल्ला प्रहरी प्रमुख र स्थानीय तहको प्रमुख तथा प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन् ।

Previous Post

कार्याशाला गोष्ठी सम्पन्न

Next Post

धनकुटामा एकै दिनमा २ सय जनाको निःशुल्क शल्यक्रिया

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post

धनकुटामा एकै दिनमा २ सय जनाको निःशुल्क शल्यक्रिया

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?