• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

बन्द रहेकाे मलेसियाकाे राेजगारी खुल्याे, अब शून्य लागतमा जान पाइने !

Lekhnath Khabar by Lekhnath Khabar
September 13, 2019
in समाचार
0
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

१५ महिनादेखि बन्द रहेकाे मलेसियाकाे राेजगारीकाे ढाेका खुलेकाे छ । नेपाल र मलेसियाका प्राविधिक टोलीको बैठकमा नेपाल र मलेसियाबीच भएको श्रम समझदारी पूर्णतया कार्यान्वयनमा लैजाने गरी बिहीबार सहमति भएसँगै मलेसियाकाे राेजगारीकाे ढाेका खुलेकाे हाे ।

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण भने पुरानै ३६ वटा स्वास्थ्य संस्थाले गर्ने भएका छन् । सरकारले सूचीकृत गरेका १ सय २२ मध्ये तत्काललाई ३६ स्वास्थ्य संस्थालाई कामदारको स्वास्थ्य परीक्षणका लागि मान्यता दिने र बाँकी स्वास्थ्य संस्थाको अनुगमन पनि मलेसियाले छिटै गर्ने सहमति भएको नेपाली टोलीको नेतृत्वकर्ता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

मलेसियाले अनुगमन गरेपछि बिस्तारै स्वास्थ्य संस्था पनि थप्दै लैजाने सहमति भएको उहाँले बताउनुभयो । स्वास्थ्य संस्थाको अनुगमन गर्न आउँदो नोभेम्बरको पहिलो हप्ता मलेसियाबाट टोली नेपाल आउने छ ।

‘मलेसियाको स्वास्थ्य परीक्षणको आफ्नै मापदण्ड छ, त्योअनुसार अहिलेलाई पुरानै ३६ संस्थालाई दिउँ र पछि हामीले अनुगमन गरेपछि त्यसमा पास हुनेलाई थप्दै लैजाने भन्ने सहमति भएको छ,’ सहसचिव घिमिरेले भन्नुभयो ।

यस्तै सेक्युरिटी गार्डका सन्दर्भमा नेपालले छुट्टै ‘जी टू जी’ गर्ने प्रस्ताव राखे पनि मलेसियाले गएको कात्तिकमा भएको समझदारी अनुसार नै ल्याउन सकिने बताएको र समझदारी अनुसार नै पठाइने पनि उहाँले जानकारी दिनुभयो ।

प्रविधिक कमिटीको छलफलमा घरेलु कामदारका विषयमा पनि छलफल भएको तर अहिले नै पठाउने विषयमा भने सहमति नभएको घिमिरेले बताउनुभयो ।

‘घरेलु कामदारका लागि छुट्टै कानुन भएको देशमा मात्र नेपालले घरेलु कामदार पठाउने भएकाले हामीले यही कुरा सोध्दा मलेसियाका प्रतिनिधिले बनाउँदैछौं भने,’ घिमिरेले भन्नुभयो, ‘अब उहाँहरुको कानुन बनेपछि फेरि छलफल गरेर सहमति गर्ने कुरा भएको छ ।’

नेपाल र मलेसियाबीच भएको समझदारी आजैदेखि कार्यान्यनमा आएको छ । कामदार व्यक्तिगत श्रम स्वीकृति लिएर पनि जान पाउनेछन् भने म्यानपावर व्यवसायीले पनि कामदार पठाउनका लागि मलेसियामा कामदारको माग खोज्न सक्नेछन् । म्यानपावर व्यवसायीले माग ल्याएमा नेपाली नियोगले अब प्रमाणीकरणको काम गर्नेछ ।

Previous Post

पोखरामा बजार अनुगमन, तराजु र मानापाथी नियन्त्रणमा

Next Post

बंगलादेश प्रिमियर लिग बीपीएल बन्द गरिने !

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
बंगलादेश प्रिमियर लिग बीपीएल बन्द गरिने !

बंगलादेश प्रिमियर लिग बीपीएल बन्द गरिने !

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?