काठमाडौं । संसदिय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित ओमप्रकाश मिश्रको नाम अनुमोदन गरेको छ ।
सोमबार बसेको समितिको बैठकले मिश्रको नाम अनुमोदन गरेको हो । सांसदहरुले गरेका प्रश्नको जवाफ दिँदै मिश्रले न्यायालयलाई भ्रष्चारमुक्त बनाउने प्रतिवद्धता जाहेर गरेका थिए ।
संवैधानिक परिषद्ले ७ भदौमा वरिष्ठताका आधारमा मिश्रलाई प्रधानन्यायाधीसका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । परिषदबाट पहिलो नम्बरमा सिफारिस भएका तत्कालिन कायममुकायम प्रधानन्यायाधीश दिपकराज जोशीलाई समितिले अस्वीकृत गरेपछि मिश्रको नाम सिफरिस गरिएको हो ।
समितिले नाम अनुमोदन गरेर राष्ट्रपतिसमक्ष पठाएपछि मिश्र प्रधानन्यायाधीशमा नियुक्त हुनेछन् ।
श्रोतका अनुसार आजै राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ मिश्रको नाम पठाइने छ ।
Discussion about this post