कञ्चनपुर– । बालिका निर्मला पन्तको हत्या र बलात्कारको घटनालार्इ लिएर दिनदिनै महेन्द्रनगरका बासिन्दाहरू आन्दोलनमा उत्रिरहेका बेला आन्दोलन उग्र बनेपछि प्रहरीले गोली चलाएको छ। गोली लागेर ३ जना घाइते भएका छन् ।
प्रहरीले निष्पक्ष अनुसन्धान नगरेको भन्दै स्थानीयहरुले मंगलबारदेखि आन्दोलन चर्काएका थिए । बिहीबार जिल्ला प्रशासन कार्यालय अगाडि भएको प्रदर्शनमा प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेपनि पछि गएर गोली चलाएको स्थानीयले बताएका छन् । प्रहरीले भने गोली चलाएको घटनाबारे केही बोलेको छैन ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षिया पन्तको साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो । सोमबार प्रहरीले पन्तको बलात्कार र हत्याको अभियोगमा स्थानीय दिलिप सिंह बिष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । मानसिक रोगी रहेका व्यक्तिलाई अभियुक्तका रुपमा प्रस्तुत गरेर वास्तविक अभियुक्त जोगाउन खोजेको भन्दै मृतकका आफन्त र स्थानीयले आरोप लगाएका छन् ।
Discussion about this post