• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home मुख्य समाचार

पहिलो एकदिवसीय क्रिकेटमा नेपालले बनाएका रेकर्डहरू

Lekhnath Khabar by Lekhnath Khabar
August 2, 2018
in मुख्य समाचार, हेडलाईन
0
0
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पहिलो पल्ट नेपालले नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धा गर्दै एकदिवसीय खेलमा डेब्यू गर्‍यो। एकदिवसीय खेलमा नेपाल आयोजक नेदरल्याण्डसँग ५५ रनले रनले पराजित भएको हो । नेपालले डेब्यूसँगै केही उल्लेख्य रेकर्ड भने बनाएको छ। नेदरल्याण्डको घरेलु मैदान भिआरए मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्याण्डले ४७.४ ओभरमा पूरै विकेट गुमाउँदै १८९ रनको लक्ष्य दिएको थियो ।

उपकप्तान ज्ञानेन्द्र मल्लले एकदिवसीय खेलमा नेपालका लागि अनिलकुमार साहसँग मिलेर ओपनिङ गरेका मल्लले ६१ बलमा ५१ रन जोड्दै पहिलो अर्धशतक प्रहार गरेर रेकर्ड बनाए । त्यस्तै । उनले ८ चौका प्रहार गरेका थिए।

मल्लले अनिलसँग मिलेर पहिलो विकेटका लागि ५८ रनको साझेदारी गर्दा पनि नेपालको रेकर्ड बनेको थियो । एकदिवसीय खेलमा डेब्यू खेलमा पहिलो विकेटका लागि भएको यो चौथो ठूलो साझादारी थियो ।

नेपालका लागि एकदिवसीय खेलमा पहिलो छक्का प्रहार गर्ने कीर्तिमान भने दीपेन्द्रसिंह ऐरीले राखेका छन् । ऐरीले इनिङमा नेपालका लागि एक मात्र छक्का प्रहार गरे ।

कप्तान पारस खड्काले  डेब्यू खेलमा चार विकेट लिए । एकदिवसीय खेलको डेब्यू खेलमा ४ विकेट लिने कीर्तिमान पारस सहित ३७ खेलाडीले राखेका छन् । पछिल्लो पटक डेब्यू एकदिवसीय खेलमा अफगानिस्तानका मुजिर उर रहमानले ४ विकेट लिएका थिए भने  उनले आयरल्यान्डविरुद्ध भएको खेलमा ४ विकेट लिएका थिए । नेपालका लागि पहिलो विकेट भने सोमपाल कामीले लिन सफल भए ।

पहिलो एकदिवसीय खेल्ने नेपाली टिम

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, शक्ति गौचन, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, अनिलकुमार साह (विकेटकिपर)
राष्ट्रिय टिममा परे पनि सुवास खकुरेल, रोहितकुमार पौडेल, ललित भण्डारी र ललित राजवंशीले पहिलो एकदिवसीय खेल्ने खेल्ने टिममा स्थान बनाउन सकेनन् ।

जीतका लागि १९० रनको सामान्य लक्ष्य पच्छ्याउने क्रममा नेपालले ४१.५ मा सबै विकेट गुमाउँदै १३४ मा समेटिएको थियो । नेपालका लागि कप्तान पारस खड्काले १२, अनिलकुमार साहले २१, दीपेन्द्रसिंह ऐरीले ३३, शक्ति गौचनले नौ र शरद भेषवाकरले चार रन बनाएका थिए ।
नेपाललाई १३४ रनमा समेट्ने क्रममा नेदरल्याण्डसँगका एफ जे क्लासेनले तीन, एमजेजी रिप्पोनले तीन, पिएम सिलारले तीन र बिएफडब्लु डि लिडेले एक विकेट लिएका थिए ।
सन् २०१४ पछि पहिलोपटक एकदिवसीय खेल खेलेको नेदरल्याण्डका लागि मिचेल रिप्पोनले ५१, माइरुगले २९ र लिडीले ३० रनको योगदान दिएका थिए ।
नेदरल्याण्डलाई १८९ रनमा समेट्ने क्रममा नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए । उनले १० ओभर बलिङ गर्दै चार विकेट लिँदा २६ रन मात्र दिएका थिए । त्यस्तै सोमपाल कामीले तीन, सन्दीप लामिछाने, करण केसी र वसन्त रेग्मीले समान एक/एक विकेट लिए ।

Previous Post

पहिरोले गर्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

Next Post

युवालार्इ स्वदेशमै रोजगारी दिनुपर्छः मन्त्री विष्ट

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट
समाचार

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट

संक्रामक अस्पतालका डाक्टरहरुको करार समाप्त, बिरामी भर्ना बन्द
समाचार

संक्रामक तथा सरुवा रोग अस्पतालले सेवा विस्तार गर्दै

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
मुख्य समाचार

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

दशैं टोल कपको बिजेता बन्यो टिम मेट्स
खेलकुद

दशैं टोल कपको बिजेता बन्यो टिम मेट्स

लेउवा संघको १४ औं महाधिवेशन: अध्यक्ष पदमा ६ जनाको दावेदारी प्रस्तुत
अर्थ खबर

लेउवा संघको १४ औं महाधिवेशन: अध्यक्ष पदमा ६ जनाको दावेदारी प्रस्तुत

Next Post

युवालार्इ स्वदेशमै रोजगारी दिनुपर्छः मन्त्री विष्ट

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?