• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो

Ramsharan Nepali by Ramsharan Nepali
March 16, 2026
in समाचार, स्थानीय
0
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १ चैत्र । कास्कीको रुपा गाउँपालिका र पोखरा महानगरपालिका क्षेत्र भित्र रहेको रुपाताल पुर्नस्थापना तथा मत्स्यपालन सहकारी संस्थाले यस वर्षलाई रजत बर्षका रुपमा मनाउने भएको छ ।

वि स २०५८ सालमा ३६ जना सेयर सदस्यहरुको उपस्थीतिमा स्थापना गरिएको रुपाताल सहकारीले सफलता पुर्वक २५ वर्ष पार गरेको उपलक्ष्यमा प्राकृतिक सम्पदाको संरक्षण गरौं, दिगो उत्पादनमा जोड दियौं भन्ने मुल नाराका साथ यस वर्षलाई रजत वर्षका रुपमा मनाउने घोषणा गरेको हो ।

स्थापना कालमा ३६ जना सेयर सदस्यको पाँच हजार सेयर पुँजीबाट एक लाख ८३ हजार छ सयको सेयर पुंजी रहेको संस्थाले अहिलेसम्म आईपुग्दा एक हजार ५१ सेयर सदस्य मार्फत प्रति ब्यक्ति ४० हजारका दरले चार करोड २० लाख चालिस हजार सेयर पुँजी बनाउन सफल भएको जानकारी गराईएको थियो ।

यसैविच सहकारीले रजत वर्षकै अवसर पारेर तालको आय आर्जनमा सहयोग पुग्नेगरि बिभिन्न जातका करिव १० हजार माछाको भुरा छोडिएको छ ।

तालमा माछाको भुरा छोड्दै बेगनास मत्स्य अनुसन्धान केन्द्रका प्रमुख डा.मोहम्मद इकवाल हुसेनले तालको प्राकृतीक सौन्र्दयतालाई नविगारी नेपालमा नै नमुना योग्य काम गर्न सफल सहकारीको सिको गर्दै अन्य तालहरुले पनि आय आर्जनमा जोडिने गरि माछा पालनलाई अगाडी वढाएको विचार राखेका थिए ।

साथै उनले ताल मानव जातीका लागी अभिन्न अंग र जलचर प्राणीका लागि अनिवार्य वस्तु भएकाले यसको सन्दर्यलाई नविगारी भावी पुस्तालाई हस्तान्त्रण गर्नु पर्नेमा जोडै तालमा माछाको साथमा सिपीबाट मोती निकाल्न सकिने परिक्षण सफल भएकोले अव रुपाताल माछाको लागि मात्र होईन सिपीका लागी पनि प्रमाणीत भएको तथ्य प्रस्तुत गरेका थिए ।

सोही अवसरमा संस्थापक अध्यक्ष लेखनाथ ढकालले स्थापनाकाल देखिको अवस्था र सहकारीको जोड बलमा नेपाल सरकारबाट रुपताल संरक्षणको परियोजना ल्याउन सफल भएको धारणा राखेका थिए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष शिवराज अधिकारीले पुराना अनुभविको साथ र नयाँको जोसलाई भरपुर्ण रुपमा उपयोग गरि हाम्रो ताललाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने वारेमा साझा अवधारण आउनु पर्ने सुझाव दिएका थिए ।

संस्थाका अध्यक्ष राम बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारी, पुर्वअध्यक्ष कुल प्रसाद अधिकारी, रामचन्द्र सापकोटा लगायतले रुपातालमा बाँध निर्माण भएपछि यसको क्षेत्रफल एक सय ३५ हेक्टरबाट एक सय ७४ हेक्टर हुने जानकारी गराएका थिए ।

संस्थाका उपाध्यक्ष ढक बहादुर थापाले स्वागत मन्तव्य राखेका कार्यक्रमको संचालन सचिव विरेन्द्र ढकालले गरेका थिए भने संस्थाको गतिविधीका बारेमा ब्यवस्थापक नवराज खड्काले जानकारी गराएका थिए ।

Previous Post

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?