लेखनाथ,११ माघ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर –२९ भण्डाढीकमा रहेको जनप्रकाश माविले खुल्ला माध्यमिक तह स्तरीय विज्ञान हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
विद्यार्थीहरूलाई विज्ञान विषयमा अभिरुचि बढाउन उदेश्यले पोखरा महानगरपालिका वडा नम्बर २९ को आर्थिक सहयोग र जनप्रकाश माविको आयोजनामा संचालित प्रतियोतिको उद्घाटन गर्दै पोखरा २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले विद्यार्थीहरूको सर्वाङ्गीण विकास तथा विज्ञान विषयमा राम्रो नतिजा प्राप्त गर्न यो कार्यक्रम कोशेढुङ्गा विश्वास राखेका थिए ।
प्रतियोगितामा सहभागी ११ विद्यालयका १४ समूहको सहभागीता रहेको प्रतियोगितामा डाइमण्ड मावि प्रथम, त्रिवेणी पब्लिक सेकेन्डरी स्कुलले द्वितीय, रिलायन्स पब्लिक सेकेण्डरी स्कुलले तृतीय स्थान हासिल गरेको थियो भने डायमण्ड मोडल सेकेन्डरी स्कुलले सान्त्वना स्थान हासिल गरेको हो ।
विद्यालयका विद्यालय व्यवस्थापन समितिका सदस्य होमनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका प्र अ शेखरनाथ शर्मा, कास्की विज्ञान शिक्षक समाजका उपाध्यक्ष सुनिल न्यौपाने र जनप्रकाश माविका गणित विभागीय प्रमुख कृष्णप्रसाद पौडेल लगाएतले प्रविधी र सिपका लागि विज्ञानका वारेमा जान्नु अनिवार्य भएको वताएका थिए ।






Discussion about this post