पोखरा, ९ अजोज
क्षत्रशत्ति बचत तथा ऋण सहकारी संस्था पोखरा – २७ ले आफनो १५ औ बार्षिक साधारण सभाको अवसर पारेर विभिन्न व्यक्त्तिलाई सम्मान गरेको छ ।
संस्थाले सामाजिक उत्तरदाईत्व अन्तरगत सहकारीका सदस्य परिवारबाट एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, उत्कृष्ट बचतकर्ता, असल ऋणी, सहकारीका जेष्ठ सदस्य र सामाजिक क्षेत्रमा क्रयाशिल व्यक्तिहरुलाई सम्मान गरेको हो ।
सहकारीले हरेक वर्ष जस्तै यस वर्ष पनि शेयर सदस्यको प्रत्साहन स्वरुप गर्दै आएको सन्मानमा हालै सम्पन्न लेखनाथ उद्योग बाणिज्य संघको अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित जानुका अधिकारी पराजुली, उप महासचिव गंगा मल्ल र कार्यसमिति सदस्य कृष्णप्रसाद तिमिल्सेनालाई सम्मानपत्र र दोसल्ला ओडाई सम्मान गरेको हो । त्यसै गरी सबै भन्दा बढि उमेर पुगेका जेष्ठ सदस्य, उत्कृष्ट ऋणी, उत्कृष्ट बचत कर्तालाई पनि सम्मान गरेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै सहकारीका संस्थापक अध्यक्ष उत्तम वस्नेतले सहकारीलाई अझ बलियो बनाउन सबैको सहयोग आवश्यक पर्ने बताउदै सहकारीलाई राम्रो बनाउन समिति मात्रै तत्पर भएर नहुने त्यसका लागि सबै सदस्यहरु लाग्नु पर्ने सुझाव राखे ।
कार्यक्रममा पुर्व अध्यक्ष ईन्द्रवहादुर थापा, निवर्तमान अध्यक्ष प्रेम बहादुर थापा, चक्रदेवि बचत तथा ऋण सहकारीका अध्यक्ष अजुन कुमार ताम्राकार लगाएतले सहकारीले जनमानसमा वचत गर्ने वानी देखि आर्थीक अनुशासनका बारेमा वित्तिय साक्षरता जगाउन सहयोगी बनेको बताए ।
साधारणसभामा कोषाध्यक्ष सञ्जयबाबु भट्टराईले आर्थीक प्रतिबेदन, सचिब ज्योती के सीले प्रगती प्रतिबेदन र लेखा संयोजक कृष्ण बहादुर थापाले लेखा प्रतिवेदन पेस गरेका थिए ।
संस्थाका अध्यक्ष सप्त बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सुवास खड्काले गरेका थिए भने कार्यक्रम संचालन सचिब ज्योती के सीले गरेकी थिईन ।
सहकारीमा सात सय १४ जना शेयर सदस्य मार्फत चार करोड २७ लाख ८६ हजार चार सय शेयर पुजी वनाउन संस्था सफल भएको छ भने आर्थिक वर्ष २०८१/८२ मा १२ करोड ७८ लाख निक्षेप संकलन गरी १४ करोड ९९ लाख कर्जा प्रवाह गरेको छ ।






Discussion about this post