लेखनाथ, ९ असार । पोखरा महानगरपाकिाका भित्रका बिभिन्न वडाहरुमा लगाएका गोलभेडा खेतीमा टुटा किराको विगविगीले किसानको लाखौको लगानी खेर जाने अवस्थामा पुगेको छ ।
वर्षाको समयमा गोडभेडाले राम्रो वजार पाउने आसामा टनेल निर्माण गरि गोलभेडा खेती गर्दै आएका किसानको वारीमा यो वर्ष टुटा किराले गोलभेडाको पात,फुल र फलमा नै क्षती पु¥याउन थालेपछि पोखरा महानगरपालिका अन्तरगत लेखनाथ क्षेत्रमा यसको प्रभाव वढ्दै गएको छ ।
गोलभेडा लगाएको दुई महिना पुग्दा नपुग्दै टुटा किराको प्रकोप वढेपछि वारीमा लगाएका विरुवा दिन प्रतिदीन वढ्नुको सट्टा विरुवाको लाली घट्दै जादा विरुवा उखेलेर फाल्नु वहेक अन्य उपाय नभएको पोखरा महानगरपालिका वडा नं २७ जलजलाका किसान ख्याम बहादुर भुजेलको गुनासो रहेको छ ।
रोगको प्रकोप नियन्त्रणका लागि घरेलु विधि अवनाउदा पनि कुनै कमि नभएको र पछिल्लो समय वारीमा एलो टायाव (पहेलो प्लेट जहाँ किरा सहजै टासिन्छन्) राखेर किरा नियन्त्रणको प्रयास गरिएको गोलभेडा उत्पादन कृषक भुजेलको भनाई रहेको छ ।
वारीमा लगाएका गोलभेडामा परजिव किरा टुटाको प्रकोप वढ्न थालेपछि आफनो लाखौको लगानी खेर जाने हो की भन्ने चिन्ताले राज्यका कृर्षि कार्यलायहरुमा जानकारी गराए पनि उहाँहरुवाट कुनै चासो नदेखाएको भुजेलको गुनासो रहेको छ ।
आफुसँग भएका १८ वटा टनेल निर्माणमा करिव नौ लाख भन्दा वढि खर्च भएको र राज्यको तर्फबाट ५० प्रतिशत अनुदान रहेपनि उत्पादन हुने समयमा रोगको प्रकोप नियन्त्रणका लागि पनि राज्यको तर्फबाट प्राविधि सरसल्लाह भए मात्र रोग नियन्त्रण गर्न सकिने पर्खाईमा आफुहरु रहेको भुजेलको सुझाव रहेको छ ।
लेखनाथको लामातराका किसानहरु सवै प्रकारका तरकारी,माछा,कुखुरा,बंगुर र पशुपालनको पकेट क्षेत्र वनाउने उदेस्यले विभिन्न समुह बनाएर अगाडी वढिरहदा आफनो बारीमा फलेका गोलभेडा,घिरौला,करेलो लगाएतका मौसमी देखि ब्यमौशमी तरकारीहरु विचेर मनज्ञ कमाउन सफल भएका छन् ।
वि स २०४१ सालमा स्याङजाको पुतली वजार नगरपालिका पिपलडालीबाट लेखनाथमा आएर कृर्षि पेशा अगाल्दा अगाल्दै विदेशि भुमीमा सात वर्ष वसेर पुन नेपालमा नै केही गर्न सकिन्छ भन्ने प्रेरण बोकेर वि स २०५७ साल देखि तरकारी खेतीलाई प्रथामिकता दिएका ख्याम भुजेलले श्रीमती, तीन छोरा वुहारी र नाती नातीनाको सहयोगमा परिवारको खर्च कटाएर बार्षिक दुई लाख भन्दा बढि बचत गर्न सकेको बताउछन् ।
टनेर निर्माण गरेर बाषिक रुपमा तरकारी खेती गर्दै आएका यस क्षेत्रका किसानहरुले महेनेत गर्ने हो भने अरवको खाडीमा पुगेर कमाउने भन्दा दोव्वर पौसा स्वदेशमा आफनो परिवारसगै वसेर कमाउ सकिने वलियो उदाहरण प्रस्तुत गरेका छन् ।
कृषि पेशालाई ब्यवसायिक बनाउनु पर्छ भन्ने सन्देश दिदै सोही ठाँउका राजु भुजेलले लेखनाथको लामातरालाई तरकारीको पकेट क्षेत्र वनाउन सकिने विचार राखेका छन् । यहाँको माटो ,सिंचाईको सुविधा र जमिनको भौगोलीक बनोटका कारण यो क्षेत्रमा जुन सुकै तरकारी पनि उत्पादन गर्न सक्ने हो भने वजारीकरणको कुनै समस्या नरहेको उनि वताउछन् ।
कृषि पेशालाई ब्यवसायिक बनाउनका लागि यहाँका किसानहरु संगठित भएर लामातरा ताजा तरकारी कृषक समुह,कालीमाटी जलजले माछापालन कृषक समुह र गोलपाटन ताजा तरकारी उत्पादक कृषक समुह गठन गरि अगाडी वढेका छन् ।






Discussion about this post