लेखनाथ,४ असार ।साविक लेखनाथ नगर क्षेत्रका आम उपभोक्तालाई खानेपानीवितरण गर्दै आएको लेखनाथ खानेपानी उपभोक्ता संस्था बुधबार २४ औं वर्षमा पुरा गरेको छ ।
वि.स.२०५८ सालमा लेखनाथ नगरपालिकाको अग्रसरतामा लेखनाथ साना सहरी खानेपानी तथा सरसफाई उपभोत्ता संस्थाका रुपमा स्थापना भएको योजनाले बुधवार विविध कार्यक्रमका साथ आफनो २४ औं वार्षिकोत्सव मनाएको हो ।
योजना संचालन हुदाँ लेखनाथमा भएका करिव ४५ हजार जनसख्यालाई केन्द्रित गरि ल्याईएको योजनाले अहिले वसाई सराईको बृद्धिदर ५ प्रतिशतले हुन आएको करिव एक लाखको जनसंख्यालाई सहज र सरल तरिकाले पानी आपुर्तीको ब्यवस्था मिलाउनका लागि थप पानीको स्रोत जुटाउने तर्फ अग्रसर हुन सहभागी वक्ताहरुले जोड दिएका थिए ।
संस्थाको मुख्य पानीको स्रोत विजयपुरको गिउँजे खोला, भुमिगत सव वोरिङ्ग र पहाडी भुभागका लागि लिफटीङ्गका योजना गरि अहिलेसम्म करिव १७ हजार दुई सय धाराबाट पोखरा महानगरपालिका वडा नं २६ देखि ३२ सम्मका उपभोक्ताहरुलाई खानेपानीको ब्यवस्था मिलाउदै आएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै लेखनाथ खानेपानी उपभोक्ता सस्थाका संस्थापक उपाध्यक्ष तथा पुर्व अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले आम लेखनाथवासीले आफनो नाक कानका गर गहना देखि गोठका वाख्रा पाठा बेचेर पनि खानेपानीमा पैसा जम्मा गरेको ईतिहासको बारेमा वताउँदै यो योजनालाई ब्यवस्थीत बनाउनका लागि सवैको साथ सहयोग अपरिहार्य भएको वताएका थिए ।
यस योजनामा प्रति वर्ष ६÷७सय नयाँ उपभोक्ताहरु थपिदै गएकाले अवको १० वर्ष पछिको जनसंख्यालाई ध्यानमा राख्दै वैकल्पीक खानेपानीको स्रोतको खोजी गर्नका लागि आग्रह गर्दै पानीको गुणस्तरलाई ध्यानमा राखेर मुहान देखि मुखसम्मको खानेपानी स्वच्छ वनाउने नयाँ नयाँ प्रविधिको खोजी तर्फ हाम्रो ध्यान जानु आवस्यक छ उनको सुझाव थियो ।
सोही अवसरमा संघिय खानेपानी तथा ढल निकास आयोजनाका प्रमुख पदम वहादुर पोखरेलले राज्यले गर्नु पर्ने काम स्थानिय उपभोक्ताहरु मिलेर गरेकाले यसमा राज्यको ध्यान जानु पर्नेमा जोड दिएका थिए भने गण्डकी प्रदेश खानेपानी कार्यालय स्याङ्गजाका प्रमुख हरि प्रसाद तिमिल्सेनाले प्रदेशको निती तथा कार्ययोजनामा यो आयोजनाले उदाहरणीय काम गरेकाले यसमा सरकारको तर्फबाट सक्दो सहयोग रहने विश्वास दिलाएका थिए ।
लेखनाथ खानेपानी उपभोक्ता सस्थाका अध्यक्ष मुरारी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३० का वडाअध्यक्ष दुर्गा सुवेदी, वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङ,मादी गाउपालिका वडा नं ७ का वडाअध्यक्ष दुर्गा वहादुर गुरुङ,लेखनाथ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा,संस्थाका निवर्तमान अध्यक्ष विष्णु प्रसाद वराल र गगनगौडा खानेपानी उपभोत्ता सस्थाका अध्यक्ष राजु खत्री लगयतले योजनालाई अझ वढि ब्यवस्थीत र गुणस्तरिय खानेपानी वितरणका लागि नयाँ नयाँ योजना ल्याउनु पर्ने सुझाव राखेका थिए ।
लेखनाथ खानेपानी उपभोक्ता सस्थाकी सचिव नारायणी भट्टराईले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष पुष्पकमल ढुगानाले गरेका थिए ।







Discussion about this post