
लेखनाथ खवर
लेखनाथ, जेठ २ –
पोखरा महानगरपालिका वडा नं २८ कालिकामा विश्वकै दोस्रो अर्धनारीश्वर धाम निर्माण सुरु भएको छ। वडा नम्बर २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले धामको शिलान्यास गरेका हुन्।
अर्धनारीश्वर दिव्य धाम धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन संस्थाका संरक्षक तथा संस्थापक दीपक तिमिल्सिनाले नेपाल सरकार र भारतीय राजदूतावासको सहयोगमा उक्त धाम बन्ने जानकारी दिए।
‘सामुदायिक वनसँगको समझदारीमा धामको पहिलो चरणको निर्माण सुरु भएको छ’, तिमिल्सिनाले लेखनाथखबरसँग भने, ‘कुल ५० करोड लागत अनुमान भए पनि पहिलो चरणमा २० करोड खर्च गर्दैछौँ।’
‘संस्थाले धामको पूर्वाधार निर्माण, तीर्थालुहरूको सुविधाका लागि आवास, पवित्र जलकुण्ड, सभामञ्च, पार्क र पर्यटन अनुकूल संरचना निर्माणको कार्य सुरु गरेको छ’, तिमिल्सिनाले भने, ‘यस्ता कार्यहरूका लागि पर्याप्त वित्तीय स्रोतको अभाव भइरहँदा नेपाल सरकार र भारतीय दूतावासबाट सहयोगको प्रतिबद्धता आएको छ।’

अर्धनारीश्वर धाम भारतको ब्यांग्लोरमा छ। पोखरामा निर्माण हुने धामले पोखरामा हिन्दू पर्यटकलाई आकर्षित गर्नेछ। प्रस्तावित संरचना निर्माण लागत अनुमान ५० करोड ४५ लाख रुपैयाँ छ। जसमा आकर्षकको रुपमा १०८ फिटको अर्धनारीश्वर महादेवको मूर्ति बन्नेछ।
भ्यु प्वाइन्ट, बच्चाहरूका लागि पार्क, योग र मेडिटेसन हल, गुरुकुल र प्रशासनिक भवन, पिकनिक स्पट, बगैँचा र सूचना केन्द्र, रेस्टुरेन्ट, ढुंगा छाप्ने, प्रवेशद्वार, शौचालय, निर्माणको फाउन्टेनलगायत छन्।
धाम आसपासमा कालिका देवी मन्दिर, चुत्रेकोट दुमादी, काल भैरव, सिद्धेश्वर मन्दिर, भैरव मन्दिर, जलेश्वर महादेव, थानापति शिव मन्दिर, सर्वमोक्ष धाम छन्।
श्रोत : नेपाल खवर बाट






Discussion about this post