• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

वाईफाई नेपाल लेखनाथ शाखाको उद्घाटन : सस्तो र भरपर्दो इन्टरनेट सेवाको प्रतिबद्धता

Lekhnath Khabar by Lekhnath Khabar
May 11, 2025
in अर्थ खबर
0
0
SHARES
350
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, वैशाख २८

नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको वाईफाई नेपालले आज पोखरा महानगरपालिका–२७, तालचोकस्थित राष्ट्रिय वाणिज्य बैंकको माथिल्लो तलामा लेखनाथ शाखाको औपचारिक उद्घाटन गरेको छ।

कार्यक्रमको सुरुवात हिन्दू धार्मिक विधिअनुसार पूजा–पाठ गरी गरिएको थियो। त्यसपछि लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष श्री विनोद श्रेष्ठले रिबन काटी र नरिवल फोरेर शाखाको उद्घाटन गर्नुभयो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले भन्नुभयो, – “इन्टरनेट सेवा अहिलेको युगको आधारभूत आवश्यकता हो। यस्तो गुणस्तरीय, किफायती र भरपर्दो सेवा लेखनाथमा ल्याएकोमा वाईफाई नेपाललाई धन्यवाद दिन चाहन्छु। यसले शिक्षा, व्यवसाय र सञ्चारमा ठूलो सहयोग पुग्नेछ।”

वाईफाई नेपालका प्रधान कार्यालय प्रतिनिधि श्री रिकेश अधिकारीले संस्थाको प्रगतिबारे जानकारी दिँदै भन्नुभयो, – “२०७८ सालमा स्थापना भएको वाईफाई नेपालले हालसम्म ७१ हजारभन्दा बढी सक्रिय ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। कम्पनीले देशभर १०० भन्दा बढी स्थानबाट इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ।”

शाखा प्रमुख नवराज घिमिरेले उद्घाटन समारोहमा बोल्दै लेखनाथ क्षेत्रमा डिजिटल पहुँच विस्तार गर्नु वाईफाई नेपालको उद्देश्य भएको बताउनुभयो।
उहाँले थप भन्नुभयो, – “उद्योग वाणिज्य संघको सिफारिसमा गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने हाम्रो योजना छ।”

पोखरा शाखा प्रमुख सञ्जीव मरासैनीले स्वागत मन्तव्य राख्दै वाईफाई नेपालको इन्टरनेट प्याकेजबारे जानकारी दिनुभयो। “रु ३३३ बाट सुरु हुने प्याकेजहरूमार्फत सबै वर्गका ग्राहकहरूलाई गुणस्तरीय सेवा दिन हामी प्रतिबद्ध छौँ। ग्राहक सन्तुष्टि नै हाम्रो पहिचान हो,” उहाँले भन्नुभयो।

कार्यक्रमको सञ्चालन नारायण पोखरेलले गर्नुभएको थियो। कार्यक्रममा रिजन ५ अन्तर्गतका विभिन्न शाखा प्रमुखहरू — वालिङका श्रीराम लम्साल, डुम्रेका रोशन राना, बेशीशहरकी सलिशा श्रेष्ठ, र सुक्लागण्डकीकी अस्मिता सुनार, सञ्चारकर्मी, स्थानीय उद्यमी, अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि तथा सरकारी–गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।

उद्घाटनसँगै लेखनाथ क्षेत्रका बासिन्दाहरूले अब न्यूनतम मूल्यमा भरपर्दो र गुणस्तरीय इन्टरनेट सेवा प्रयोग गर्न सक्ने भएका छन्।

Previous Post

लेखनाथ पत्रकार मंचको अध्यक्षमा बिष्णुहरि पौडेल

Next Post

पटक-पटक बिजुली गएपछि मध्यरातमा विद्युत् प्राधिकरण तालचोकका कर्मचारीको मापसे चेक

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

अर्घौ कृषि सहकारीको लगानी उत्पादन तर्फ
अर्थ खबर

अर्घौ कृषि सहकारीको लगानी उत्पादन तर्फ

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो’–कोषाध्यक्ष हरि बस्ताकोटी
अर्थ खबर

’अर्थतन्त्रलाई चलायमान गराई व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको मुख्य लक्ष्य हो’–कोषाध्यक्ष हरि बस्ताकोटी

लेखनाथ महोत्सवलाई सफल बनाउन सम्पुर्ण सुरक्षा निकायको पुर्ण साथ रहने
अर्थ खबर

लेखनाथ महोत्सवलाई सफल बनाउन सम्पुर्ण सुरक्षा निकायको पुर्ण साथ रहने

लेखनाथ महोत्सवमा स्टल बुकिङ खुला
अर्थ खबर

लेखनाथ महोत्सवमा स्टल बुकिङ खुला

Next Post
पटक-पटक बिजुली गएपछि मध्यरातमा विद्युत् प्राधिकरण तालचोकका कर्मचारीको मापसे चेक

पटक-पटक बिजुली गएपछि मध्यरातमा विद्युत् प्राधिकरण तालचोकका कर्मचारीको मापसे चेक

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?