• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

धार्मिक पर्यटनसँग जोड्दै ऐतिहासिक कोटिहोम विराट ज्ञान महायज्ञ

Ramsharan Nepali by Ramsharan Nepali
May 5, 2025
in समाचार, स्थानीय
0
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २२ वैशाख । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञले यति वेला पोखरा महायज्ञमय वनेको छ । देशभर बाट कोटिहोम दशर्न गर्न आउने भक्तजनको उल्लासमय सहभागिताले पोखरालाई महायज्ञमय बनाएको हो ।

जेठ २६ गते सम्म चल्ने कोटिहोममा भएका विभिन्न गतिविधिमा सहभागी हुन पनि भक्तजनको लर्को लाएको आयोजकको भनाई छ ।
त्यसैले कोटिहोम महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिजी भन्छन्, ‘नेपालको पवित्र भूमिमा फेरि एउटा ऐतिहासिक र धर्ममय अध्याय लेखिँदै छ—गण्डकी कोटिहोम महायज्ञ ।’

‘यो हाम्रो सनातन संस्कृति, सामाजिक सद्भाव र आत्मिक जागरणको प्रतीक हो। यो महायज्ञ विशाल छ किनभने यहाँ हजारौँको सङ्ख्यामा श्रद्धालुहरू जुटिरहेका छन्’ उनी भन्छन्, ‘यो ऐतिहासिक छ किनकि यस्ता उच्चस्तरीय धार्मिक कार्यक्रमहरू यति सुव्यवस्थित ढङ्गले कमै जसो आयोजना हुने गर्दछन् । यो नमुना र उदाहरणीय छ किनकि यहाँबाट सम्पूर्ण देशले धार्मिक चेतना, सामाजिक एकता र मानव सेवा सन्देश पाएको छ।’

हुन पनि महायज्ञ स्थलमा विश्वविख्यात बाचिकाहरु जसका मुखारविन्दबाट निस्कने प्रत्येक शब्दले वातावरणलाई धर्ममय बनाइरहेको छ। देश विदेशबाट आगमन भएका साधु, सन्त, महन्तहरूको दर्शन, र श्रृतिमधुर स्वरमा हुने विभिन्न खालका प्रवचने महायज्ञमा भक्तजनको मन लोभ्याएको छ ।

पोखरालाई मुक्तिद्धारको रुपमा चिनाउन एवम् गण्डकी प्रदेशभित्र रहेका शास्त्र वर्णित सम्पूर्ण धार्मिक क्षेत्र, तीर्थ स्थल मठमन्दिरहरूको महत्वलाई विश्वभर जीवन्त प्रचार प्रसार गरी धार्मिक पर्यटकलाई प्रवर्द्धन गर्ने महायज्ञको उद्देश्य रहेको छ ।

पोखरा महानगर पालिकाले सन् २०२५ लाई पोखरा भ्रमण वर्ष घोषणा गरेको छ । पोखरा भ्रमण वर्षलाई सफल बनाउन पनि यो ऐतिहासिक कोटिहोमले कोषेढुड्डा हुने छ ।

महायज्ञमा आएका पोखरा महानगर पालिका वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बराल धार्मिक पर्यटनको प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको बत्ताउँछन् । कोटिहोम धार्मिक पर्यटकलाई लागि आकर्षण बन्दै गएको छ । मलाई पनि आकर्षित बनाएको छ’ उनी भन्छन्, ‘यो कोटिहोम ऐतिहासिक छ । पोखरा भ्रमण वर्षको आकर्षणलाई यो कोटिहोमले बढाएको छ ।’

उनीजस्तै महायज्ञ परिसरमा आउने सङ्घीय प्रदेश सांसद तथा स्थानीय जनप्रतिनिधिले खुलेरै कोटिहोमको प्रशंशा गरेका छन् जसले गर्दा आयोजक अझै बढी उत्साहित भएका छन् ।

मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले कोटिहोमले पोखरालाई धार्मिक पर्यटनसँग जोड्न ठुलो योगदान पु¥याएको बताए । चाहे त्यो प्रतियोगितामा सहभागिता जनाउन होस् चाहे कोटिहोम जस्तो प्रवित्र कार्यक्रममा सहभागिता जनाउनहोस् भक्तजनका मन यतिखेर पोखरामा जारी ऐतिहासिक कोटिहोमले तानेको लामिछानेको बुझाई छ ।

कोटिहोममा एक सय कुण्डमा दैनिक रुपमा हवन, भजन चुट्का प्रतियोगिता, चर्चित भारतीय व्यासाचार्य प्रशान्त कृष्ण पंराकुशजी मार्फत रामायण प्रवचन, वाचिका सुप्रियामार्फत दैनिक कथा वाचनलगायतका कार्यक्रम जारी रहेको मानव सेवा फाउन्डेसन नेपालका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।

यसैबिच कोटीहोम विराट ज्ञान महायज्ञमा वाचन प्रवीण दिनबन्धु पोखरेल आउने भएका छन् ।  आगामी वैशाख २८ देखि जेठ ३ गते सम्म ७ दिन कथा वाचन गर्ने कार्यक्रम तय भएको कोटिहोमका प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । ढकालका अनुसार पोखरेल आफ्नै झाँकी र सङ्गीत समूह सहित कोटिहोममा सहभागी हुनेछन्।

कोटिहोम जेठ २६ गतेसम्म पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आपपासका स्थानीयको जग्गामा सञ्चालन हुने छ ।

Previous Post

गण्डकी कोटीहोम महायज्ञमा हालसम्म डेढलाख भक्तजन, दिनवन्धु, राधिका दासी, देवी चन्द्रकला र चैतन्यकृष्ण महाराज आउँदै

Next Post

कालिका मन्दिरमा सतचण्डी पुजा सम्पन्न

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
कालिका मन्दिरमा सतचण्डी पुजा सम्पन्न

कालिका मन्दिरमा सतचण्डी पुजा सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?