• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

सेवा विस्तार गर्दै प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल

Ramsharan Nepali by Ramsharan Nepali
May 3, 2025
in समाचार, स्थानीय
0
0
SHARES
70
VIEWS
Share on FacebookShare on Twitter

भिमपाणी बराल
लेखनाथ, १९ बैशाख । गण्डकी प्रदेश सरकार मातहत पोखरा महानगरपालिका वडा नं ३० मा रहेको प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताले आफना सेवाहरुलाई विस्तार गरेको छ ।

लेखनाथको मोहोरियामा स्थानियहरुले आफनो ठाउँमा अस्पताल निर्माण गरेर सर्वसुलभ तरिकाले उपचार सेवा पाउन सकिन्छ भनि वि स २०६० सालमा मुठिदान देखि सर्वस्व दान गरेर निर्माण गरिएको सामुदायिक लायन्स अस्पताल वि स २०७७ साउन ७ गते देखि प्रदेश सरकारको मातहतमा पुगेपछि समयानुकुल परिस्कृत गरि जनतालाई थप नयाँ सेवा दिन थालेको हो ।

सुरुमा लेखनाथ सामुदायिक लायन्स अस्पताल हुदै संक्रामक तथा सरुवा रोग अस्पतालबाट अहिले प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल भएको हुनाले यस्को वृद्धिविकासको लागि बजेट विनियोजन गरी आवश्यकताका आधारमा कार्यान्वयमा लैजाने काम गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले गर्दै आएको छ ।

प्रदेश सरकार मातहतमा अस्पताल संचालन हुन थाले पछि यहाँबाट दैनिक रुपमा सय जना भन्दा वढि विरामीहरुले विभिन्न किसिमका सेवाहरु लिदै आएको अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा.विकास गौचनले जानकारी दिएका छन् । उनका अनुसार विरामीहरुलाई उपचारका सहि विधी र विरामीको मन जित्न सक्ने गरि चौविसै घण्टा सेवा प्रदान गर्दै आएको उनको भनाई छ ।

लेखनाथ सामुदायिक लायन्स अस्पतालवाट गण्डकी प्रदेश सरकारलाई अस्पताल हस्तान्तरण भए पश्चात कोरोना महामारीको अवस्थामा यस अस्पतालले उत्कृष्ट सेवा प्रदान गर्न सफल भएको थियो । त्यस पश्चात जनरल स्वास्थ्य सेवा एवं विविध स्वास्थ्य सेवा थप्दै आएको र मूख्य रुपमा हाल मृगौला डाईलोसिस्को स्वास्थ्य सेवाको माग वृद्धि हुने अवस्थामा पनि सहज स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल सफल भएको छ ।

हाल अन्य अस्पतालवाट मृगौला डाईलाईसिस् सेवाका लागि रिफर गरेका विरामीहरुले मात्र सेवा लिईरहेको परिप्रेक्षमा मृगौला रोग विशेषज्ञको नै उपलव्धताले यस सँग सम्वन्धित विरामीहरुले सम्पूण सेवा प्राप्त गर्न सकेका छन् भने मृगौला रोग विशेषज्ञको उपस्थितीले यसै अस्पताललाई डाईलोसिस् सेवाको तालिम केन्द्रको रुपमा विकास गर्न सकिने डा.गौचनको सुझाव रहेको छ ।

स्वास्थ्य सेवालाई प्रविधियूक्त र तथ्यमा आधारित आधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने योजनाका साथ जटिल र नवसृजित रोग एवं स्वास्थ्य समस्याको निराकरणका लागि समुदाय र संघ संस्थासँग समन्वय गर्दै स्वास्थ्य प्रवर्धनमा टेवा पु¥याउने गरि अस्पतालका सेवाहरुलाई अगाडी वढाईएको अस्पताल संचालन समितिका अध्यक्ष ऋषिराम जमरकट्टेल बताउँछन् ।

स्वास्थ्य विमालाई प्राथमिकतामा राख्दै गरिव तथा जेष्ठ नागरिक एवं असक्तहरुका लागि सर्वशुलभ स्वास्थ्य सेवा प्रदान गर्नु अस्पतालको मुख्य उदेश्य हो अध्यक्ष जमरकट्टेलको भनाई छ । अस्पतालले गुणस्तरयी प्रविधिको प्रयोग गरि जनरल, वहिर®, अन्तर®, आकस्मिक, प्रयोगशाला सेवा, फार्मेशी सेवा, एक्सरे, भिडियो एक्सरे, प्राथामिक आँखा उपचार सेवा, कोभिड खोप सेवा, हेमो डायालोसिस, स्वास्थ्य विमा कार्यक्रम लगाएत १० वर्ष मुनिका वाल वालिका, गरिव तथा ६० वर्ष माथीका जेष्ठ नागरिकहरुलाई निःशुल्क सेवा प्रदान गरेको उनि वताउछन् ।

अध्यक्ष जमरकट्टेलले स्वास्थ मन्त्रालयको सहकार्यमा निकट भविष्यमा निर्माणाधिन नयाँ भवनबाट सय सैयाको सुविधा सम्पन्न अस्पताल तयार गरि अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना वनाएर स्वास्थ्य सेवालाई प्रभावकारी वनाउने योजना रहेको वताए ।

अस्पतालको वृद्धिविकासका लागि निर्माण गरिएको अल्पकालिन, मध्यकालिन र अल्ली लामो समय लाग्ने दिर्घ कालिन योजनालाई समय अवधीलाई आधार बनाएर ३२ बुँदामा अस्पतालको कार्ययोजना बनाई सकिएको उनि वताउछन् ।

यस अस्पतलाले नियमित रुपमा प्रदान गर्ने स्वास्थ्य सेवालाई अझवढि व्यवस्थित बनाउन, प्राविधिक हिसावले चुस्त र दुरुस्त बनाउन, संरचनात्मक हिसावले दरिलो बनाउन र अस्पतालको सर्वाङ्गिण विकासका लागि अस्पताल र अस्पतालको प्रभावित क्षेत्रको सरकारी जग्गा अस्पतालको आफ्नै नाममा ल्याउनु पर्ने, हाल संचालनमा रहेको अस्पताल र निर्माणाधिन सय सैयाको भवनको निर्माण चाडो भन्दा चाडो सम्पन्न गरि सेवा प्रवाह गर्नेतर्फ सरकारले पनि चासो देखाउनु पर्ने आवस्यकता छ अध्यक्ष जमरकट्टेलको भनाई रहेको छ ।

सय सैयाको भवनको निर्माण पश्चात नर्स, प्राविधिकहरुको दरवन्दि सहितको उपलव्धता र आवस्यक सामग्रीहरुको व्यवस्था, सुरक्षित मातृशिशु सेवा र प्रसुती गृहको व्यवस्था, डाईलाईसिस् सेवालाई व्यवस्थित गर्दै सबै सेवा प्रदान गर्न सक्ने वातावरण सृजना गर्दै अस्पताललाई डाईलाईसीस् सेवाको तालिम केन्द्रको रुपमा विकास गराउने योजना रहेको अस्पतालका प्रशासन प्रमुख लक्ष्मी प्रसाद पौडेल वताउँछन् ।

स्वास्थ्य विमा सेवा अस्पतालमा प्रारम्भ भै सकेको र ६८ प्रकारका औषधी निःशुल्क रुपमा प्रदान गर्दै आएको अवस्थामा उत्त सेवालाई व्यवस्थित गर्दै सहज र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल सक्षम हुनेछ भने ईमरजेन्सी सेवालाई व्यवस्थित गर्दै अस्पतालको एउटा सुविधा सम्पन्न सघन उपचार केन्द्रको विकासले अकस्मात जटिल समस्यामा जुधिरहेका सेवाग्राहीहरुको ज्यान जोगाउन सफल हुने छ भने भावी दिनमा अस्पताल एउटा परिपक्क र सुविधा सम्पन्न बन्नेमा दुई मत देखिदैन ।

Previous Post

कोटीहोममा १२ जनाको सामुहिक व्रतवन्ध, हवन शुरु, शनिबार रक्तदान हुने

Next Post

कोटीहोममा ४० युनिट रगत संकलन, शनिबारमात्रै १५ हजार भक्तजन सहभागी

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
कोटीहोममा ४० युनिट रगत संकलन, शनिबारमात्रै १५ हजार भक्तजन सहभागी

कोटीहोममा ४० युनिट रगत संकलन, शनिबारमात्रै १५ हजार भक्तजन सहभागी

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?