• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home धर्म संस्कृति

चर्चित कथा बाचिका देवी प्रतिभाजीको बिरौटा परिक्रमा, धार्मिक जागरणको सन्देश प्रवाह

Ramsharan Nepali by Ramsharan Nepali
April 27, 2025
in धर्म संस्कृति, समाचार, स्थानीय
0
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १३ वैशाख २०८२
गण्डकी प्रदेशको धार्मिक पर्यटन प्रवर्द्धन र पोखरालाई आध्यात्मिक मुक्तिद्वारको रूपमा स्थापित गर्ने उद्देश्यसहित पोखरा–१७, सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसरमा श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२ भव्य रूपमा सञ्चालन भइरहेको छ। २०८१ चैत्र १७ गतेदेखि सुरु हुने यो ४१ दिने महायज्ञ २०८२ जेठ २६ गतेसम्म जारी रहनेछ।

मानव सेवा फाउण्डेशनद्वारा आयोजित यस महायज्ञमा चर्चित कथा बाचिका देवी प्रतिभाजीले हालै बिरौटा बजारको पैदल परिक्रमा गर्दै धार्मिक जागरणको सन्देश प्रवाह गरेकी छन्। भक्तिभाव र समर्पणको अनुपम उदाहरण प्रस्तुत गर्दै उनले स्थानीय समुदायमा आध्यात्मिक ऊर्जा संचार गरेकी छन्।

महायज्ञमा निरन्तर हवन, कथा वाचन, प्रवचन, पूजापाठ, आरती, सत्सङ्ग, भजन र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। आयोजक समितिका अनुसार वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण सम्पन्न भएको छ। चैत्र २९ गतेदेखि सुश्री अनुराधा पाण्डेद्वारा सुरु गरिएको भागवत कथा प्रवचन हाल देवी प्रतिभाजीले दैनिक रूपमा सञ्चालन गरिरहेकी छन्। “आगामी दिनमा दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायत राष्ट्रियस्तरका वक्ताहरूको सहभागिता रहने कार्यक्रमका सह -निर्देशक युवक लामिछाने बताउन्छन । “

महायज्ञको सांस्कृतिक र आध्यात्मिक महत्त्वलाई प्रचार गर्न सामाजिक सञ्जालमा छोटा भिडियो निर्माण गर्नेहरूलाई रु. २५,००० सम्मको नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिने योजना छ। सहभागीले मानव सेवा फाउण्डेशनको आधिकारिक पेज ट्याग गरी #मानवसेवाफाउण्डेशन र #गण्डकीकोटिहोम ह्यासट्याग प्रयोग गर्नुपर्नेछ।

साधु–सन्त, धर्मगुरु, ब्राह्मण, भक्तजन, स्वयंसेवक, महिला समूह, बालबालिका, जनप्रतिनिधि र वडाध्यक्षसम्मको सक्रिय सहभागिताले यो महायज्ञ पोखरेली समाजको साझा उत्सव बनेको छ। धार्मिक आस्था र रचनात्मक अभिव्यक्तिलाई जोड्दै यो महायज्ञले धार्मिक पर्यटन प्रवर्द्धनमा दीर्घकालीन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Previous Post

पोखरामा बृहत् मोटरसाइकल र्‍याली सम्पन्न, महायज्ञको उत्साह थपियो

Next Post

गण्डकी कोटिहोम भजन प्रतियोगिता २०८२: बैशाख २० गते पोखरामा भव्य आयोजना

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
गण्डकी कोटिहोम भजन प्रतियोगिता २०८२: बैशाख २० गते पोखरामा भव्य आयोजना

गण्डकी कोटिहोम भजन प्रतियोगिता २०८२: बैशाख २० गते पोखरामा भव्य आयोजना

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?