• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

ग्लोबल मनी विकको अवसरमा एनआईसी एशियाको वित्तिय साक्षरता

Ramsharan Nepali by Ramsharan Nepali
March 23, 2025
in अर्थ खबर, समाचार
0
0
SHARES
68
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली
चैत्र १०, लेखनाथ ।
एनआईसी एशिया बैंक लिमिटेडले पोखरा–२९ पावर हाउस शाखा ले आफ्ना ग्राहकहरूलाई वित्तिय साक्षरता तथा डिजिटल बैंकिङसम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा पोखरा–२७, तालचोक स्थित त्रिवेणी ईन्टरनेशनल कलेजमा आयोजित कार्यक्रममा शाखा प्रमुख रेशमलाल श्रेष्ठले सहभागीहरूलाई वित्तीय व्यवस्थापन, बचत, लगानी, बीमा तथा बैंकिङ्ग सेवाबारे जानकारी दिएका थिए ।

यस्तै बैंकका एक्सपिरियन्स म्यानेजर कमल गौतमले सहभागीहरूलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, मिसकल बैंकिङ, संस्थागत बैकिङ कारोबारका बारेमा जानकारी गराएका थिए ।

उक्त अवसरमा क्याम्पसका प्रमुख यदुराज आचार्य र सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेलले बैंकीङ साक्षरताको महत्वको विषयमा वताउँदै भविष्यलाई सुरक्षित गराउन विद्यार्थीहरूलाई बचतमा ध्यान दिन पनि सुझाएका थिए ।

कार्यक्रममा ५० जना भन्दा वढि विद्यार्थीहरुको सहभागीता रहेको थियो । युवामा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यले वार्षिकरूपमा विश्वभर मनाइँदै आएको विश्व वित्तीय सप्ताह (ग्लोवल मनी विक) नेपालमा चैत ६ देखि १२ गते (मार्च २०–२६) सम्म मनाइने भएको हो ।

सन् २०१२ देखि हरेक वर्षको मार्च महिनामा मनाउन सुरु गरिएको यो सप्ताह अर्गनाइजेसन अफ इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओइसिडी) को संयोजनमा विश्वका धेरै मुलुकमा मनाइँदै आएको छ ।

नेपालमा नेपाल राष्ट्र बैंकको संयोजनमा, बैंक तथा वित्तीय संस्था, सहकारी विभाग तथा सहकारी संस्था, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेशनल बैंकिङ इन्स्टिच्युट, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत निकाय तथा संस्थाले यो सप्ताह मनाउनेछन् ।

ग्लोबल मनी वीकको अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरता सम्बन्धी शिक्षा विद्यालयको पाठ्यक्रममा नै समावेश गर्ने पहल भइरहेको समेत बताएका छन् ।

यसैविच एनआईसी एशिया बैंक लिमिटेडले नजिकिदै गरेको नयाँ वर्ष विक्रम संवत २०८२ सालको हार्दिक शुभकामनासहित आकर्षक साजसज्जामा डिजिटल क्यालेन्डर पनि सार्वजनिक गरेको छ ।

नयाँ वर्ष २०८२ ले सम्पूर्ण ग्राहक महानुभावहरु तथा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरु नयाँ आशा, भरोसा एवं उमंग प्रदान गरोस् भन्ने शुभेच्छाका साथ सरल तथा सहज सुविधाको लागि भनेर डिजिटल क्यालेन्डर सार्वजनिक गरेको हो ।

डिजिटल क्यालेन्डरमा बैंकले नेपाल सरकारद्वारा प्रकाशित राजपत्रमा उल्लेख भएका बिदा, चाडपर्व, दिवस, पञ्चांग तिथि लगायतका विवरणहरू समावेश गरिनुका साथै आफ्ना विभिन्न प्रोडक्ट तथा सेवाहरुसहित बैंकको नयाँ बनेका भवनहरुको तस्बिरहरुसहित वाल तथा टेबल क्यालेन्डरको आकारमा उक्त डिजिटल क्यालेन्डर बैंकको आधिकारिक वेबसाइट मार्फत सार्वजनिक गरेको छ ।

Previous Post

‘विद्युत प्राधिकरणले लोडसेडिङ छैन् भन्दै झुटो प्रचार गर्यो’

Next Post

नेपाल अडिटर्स एसोसियसनमा पाण्डे

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
नेपाल अडिटर्स एसोसियसनमा पाण्डे

नेपाल अडिटर्स एसोसियसनमा पाण्डे

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?