लेखनाथ, २१ फागुन ।
पोखरा महानगरपालिका वडा नं. २९ मा अपाङ्गता भएका व्यक्तिहरुका लागी उत्प्रेरणात्मक प्रशिक्षण कार्यक्रम बुधबार समपन्न भएको छ ।
पोखरा महानगरपालिका वडा नं.२९ द्धारा आयोजित कार्यक्रमको शुभारम्भ गर्दै वडाध्यक्ष श्रीप्रसाद गुरुङ्गले कार्यक्रमले आम जनसमुदाय स्तरमा अपाङ्गताको सबालमा जनचेतना अभिवृद्धि गराउने काम गर्नुृका साथै अपाङ्गता भएका व्यक्तिहरुका लागी समाज र राज्यका लागी केही योगदान गर्ने प्रेरणा जागृत गराउने विश्वास व्यक्त गरेका थिए ।
उनले वडाको तर्फबाट उनीहरुको सिप र क्षमता विकास गर्दै आत्मनिर्भर र स्वावलम्बी बनाउनका लागी विभिन्न किसिमका तालिमहरु सञ्चालन गर्नको लागी सदैव तयार रहेको वताएका थिए ।
यस्तै पोखरा महानगरपालिका कार्यपालिका सदस्य निर्मला पौडेलले महानगर सामाजिक विकास महाशाखा मार्फत अपाङ्गता भएका व्यक्तिहरुका लागी विभिन्न कायृक्रम र योजना ल्याउन पहल गर्ने आश्वासन व्यक्त गरेकी थिईन ।
उक्त अवसरमा वडा सचिव दुर्गा न्यौपाने, वडा सदस्य कालिदास पोख्रेल, सुकमाया सुनार लगायतले बोलेका थिए भने वडा भित्रका १५० भन्दा वढि अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा मुख्य प्रशिक्षक सिर्जना वहिरा आवासिय विद्यालयका प्रधानाध्यापक सुनिल कुमार भण्डारीले विश्वस्तरमा अपाङ्गता भएका व्यक्तिहरुले गरेका उदाहरणीय कार्यहरु र प्राप्त गरेका सफलताका उदाहरणहरु प्रस्तुत गर्नुका साथै राज्यले प्रदान गरेका सेवा, सुविधा, सहुलियत, ऐन कानुनले गरेका व्यवस्थाहरुका विषयमा जानकारी गराएका थिए ।
कार्यक्रमको सञ्चालन वडास्तरीय अपाङ्गता सञ्जालका सल्लाहकार होमनाथ पौडेलले गरेका थिए ।
Discussion about this post