• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

बेगनासताल डुंगा व्यवसायीको ३०औं साधारण सभा

मोटरबोटमा रोक लगाउँदा रोजीरोटी खोसिएको गुनासो

Ramsharan Nepali by Ramsharan Nepali
February 11, 2025
in समाचार, स्थानीय
0
0
SHARES
77
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २८ माघ । वेगनासतालमा पर्यटकीय गतिविधी वढाउने उदेस्यले वि स २०८० जेष्ठ १३ गते ल्याईएको मोटर बोट विगत छ महिना देखि सञ्चालन गर्न रोक लगाईएपछि व्वसायीहरुले आफुहरुको रोजीरोटी खोसीएको र सर्वसाधारण जनताहरुको लगानी जोेखिममा परेको गुनासो गरेका छन । बेगनासताल किनारमा सोमबार सम्पन्न डुंगा व्यवसायी समितिको ३०औं वार्षिक साधारणसभामा बोल्ने अधिकांश वक्ताहरुले यस्तो वताएका हुन ।

बेगनासताल डुङ्गा ब्यवसायि समितिमा आवद्ध तीन सय ३४ सदस्यले प्रति सदस्य ९५ हजार सम्म संकलन गरि करिव ५० लाखको लागतमा खरिद गरेको आधुनिक मोटरबोट संचालनको करिव आठ महिनामा नै उच्च अदालतमा मुद्धा परेपछि अदालतले अन्तरिम आदेश जारी गर्दै अदालतले विपक्षी पोखरा महानगर, गण्डकी प्रदेश सरकार र वडा कार्यालय साथै डुंगा व्यवसाय समितिलाई तत्काल मोटरबोट बन्द गर्न अन्तरिम आदेश दिएको थियो ।

अदालतले निवेदनको अन्तिम टुंगा नलागेसम्म कार्यान्वयन गर्नू/गराउनुका साथै सो सम्बन्धमा नियमित अनुगमन गर्नू/गराउनु भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरेको हो । बेगनासताल डुंगा व्यवसायी समितिबाट प्रचलित कानुन अनुसार वातावरणीय प्रभाव मूल्यांकन नगरी सञ्चालन भएको मोटरबोटले स्थानीय जलचर पशुपक्षीको बास स्थानसहित स्वस्थ वातावरणमा प्रतिकूल प्रभाव पारेको रिटमा दाबी गरिएको थियो ।

बेगनासताल डुंगा व्यावसायिक समितिका अध्यक्ष रविराज कँडेलले बेगनासताल डुङ्गा ब्यवसायी समितिका तीन सय ३४ सेयर सदस्यहरुको सामुहिक लगानीमा खरिद गरेको मोटरबोट सञ्चालनमा रोक लगाउँदा काम गरी खाने जनताको रोजीरोटी खोसिएको वताए । उनले लेखनाथवासीले पोखरा महानगरवासी भएको अनुभूति गर्न नसकेको समेत जिकिर गरे । मोटरबोटका वारेमा बेगनासताल मत्स्य ब्यवसायि समिति र बेगनासताल डुङ्गा ब्यवसायि समितिका विच वढेको असहमतिका कारण पनि यो समस्या निम्तीएको केही वक्ताहरुले तर्क गरेका थिए ।

उच्च अदालयको फैसला आफनो पक्षमा नभएको र पोखरा महानगरपालिकाले पनि मोटरबोटका वारेमा स्पष्ट रुपमा नियम नवनाए कै कारण आफुहरुको लगानी संकटमा परेको भन्दै सर्वोच्चमा मुदा दायर गरेको छ । जसका लागि मोटरबोट खरिद गरिएको कम्पनी नेपाल सिप बोटका अध्यक्ष लेखनाथ पौडेललाई मुद्धाका वारेमा अख्तियारी दिएको समितिका उपाध्यक्ष टिकाराम तिवारीले जानकारी दिएका छन् ।

समस्याको समाधानका लागि पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यलाई आग्रह गरेपनि कुनै टुङ्गोमा नपुगेको गुनासो गर्दै यस क्षेत्रको आर्थीक, सामाजिक एवंम पर्यटकिय गतिविधी वढाउनका लागि यहाँ रहेका सम्पुर्ण संघ सस्थाहरुले साझा एजेण्डा लिएर अगाडी वढ्नुपर्नेमा अधिकांश वक्ताहरुले सुझाव दिएका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ३१ का वडाअध्यक्ष ढकनाथ कडेलले जनताको लागानीलाई सुरक्षीत गर्नका लागि महानगरपालिकामा वारम्वार प्रयास गरेपनि सुनुवाई नभएको गुनासो राखेका थिए भने अव यस क्षेत्रका सरोकारवालाको भेला गरि उपयुक्त निकासको खोजीमा रहेको वताएका थिए ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका पराजुली, पोखरा महानगरपालिका वडा नं. २७ का सदस्य देवेन्द्र अधिकारी, पुर्व न्यायधिश डिल्लीरमण तिवारी, फेवाताल डुंगा व्ववसायी समितिका अध्यक्ष बलराम गिरी, पोखरा विश्वविद्यालयकी सिनेटर शान्ति खनाल, लेखनाथ होटल तथा रेष्टु्रेण्ट एसोसियसनका अध्यक्ष बिरभद्र कँडेल, अमरसिद्ध नमुना माविका अध्यक्ष मुरारी शर्मा कोईराला, कोटदेउरालस सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र सापकोटा, रुपाताल पुर्नस्थापना तथा मत्स्यपालन सहकारी संस्थाका अध्यक्ष विरेन्द्र ढकाल, मोहोरिया कृषि सहकारी संस्थाका अध्यक्ष अनन्त कँडेल, डुंगा व्यवसायी समितिका संस्थापक सचिव भरतराज तिवारी, गोरखनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतप्रसाद तिवारी, कोटभैरव संरक्षण समितिका अध्यक्ष भुपेन्द्र बहादुर रानाभाट, बेगनासताल बराह क्षेत्र विकास समितिका अध्यक्ष विष्णु सुवेदी, ईलाका प्रहरी कार्यालय डाँडाको नाकका प्रमुख श्रवणकुमार विश्वकर्मा, बेगनासताल महाआरती व्यवस्थापन समितिका अध्यक्ष राममणी अधिकारी, सल्लाहकारको तर्फबाट मणिराम कँडेल लगायतले बोलेका थिए ।

बेगनासताल डुङ्गा ब्यवसायी समितिका अध्यक्ष रविराज कडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय विभिन्न सामाजिक संघ सस्थाका डेढ दर्जन भन्दा वढि प्रतिनिधीहरुले समस्याको निकासका लागि साझा अवधारणाको खाँचो औल्याएका थिए । संस्थाका सदस्य श्रीराम कडेलले संचालन गरेको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष टिकाराम तिवारीले गरेका थिए ।

Previous Post

गन्धर्ब बस्तीमा लागुऔषधविरुद्ध सचेतना

Next Post

वेगनासताल किनारमा फागुन १६ देखि तेश्रो “वेगनास कप” हुने

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
वेगनासताल किनारमा फागुन १६ देखि तेश्रो “वेगनास कप” हुने

वेगनासताल किनारमा फागुन १६ देखि तेश्रो "वेगनास कप" हुने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?