लेखनाथ,१९ माघ । कास्कीको पोखरा महनगरपालिका वडा नं २६,२७,२९ र ३० को कृर्षि योग्य १२८० हेक्टर भुमिमा सिंचाई सुविधा पु¥याउदै आएको विजयपुर सिंचाई प्रणाली जल उपभोत्ता सस्थाको २४ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङले संघ र प्रदेशले स्थानिय निकायसँग समोन्व नगरी काम गर्दा विकास निर्माणको कामले गति पाउन नसकेको धारणा राखेका थिए ।
संघ र प्रदेशमा प्रतिनित्व गर्ने सासंदले स्थानिय निकायसँग समोन्वय नगरी आफनो पाटी विशेषका कार्यकर्ताहरुसँग राहे सुझाव लिएर विकास निर्माणका योजना बनाउने गर्दा विकासले जुन गति लिनु पर्ने हो सो अनुसार नभएको गुनासो राखेका हुन् ।
कार्यक्रममा सिंचाई जलस्रोत तथा ब्यवस्थापन आयोजना कास्कीका ईन्जिनियर नरजंग गुरुङले किसानका आवस्यता अनुसार राज्यले रकम विनियोजन नगर्दा र समय समयमा आउने वाडी पहिलो र भुक्षयका कारण क्षती पुगेका ठाउमा तत्काल बजेट निकासा नहुदाँ किसानहरु मर्कामा परेको र राष्ट्रिय उत्पादनमा नै कमि आएको उनको भनाइ रहेका थियो ।
विजयपुर सिंचाई प्रणाली जल उपभोत्ता सस्थाका अध्यक्ष ठाकुर प्रसाद ढुगानाको अध्यक्षतामा भएको कार्यक्रममा बेगनास सिंचाई प्रणाली जल उपभोत्ता सस्थाका अध्यक्ष पुष्पराज भण्डारी,सेती सिंचाई प्रणाली जल उपभोत्ता सस्थाका अध्यक्ष बलराम कुवँर,भगवती हाईडो पावरका निर्देशक वसन्तमोहन भटराई,सस्थाका पुर्व उपाध्यक्ष डम्वर बहादुर थापा र सम्पुर्ण उपभोत्ताहरुको तर्फबाट कृष्णकुमारी शर्मा लगाएतले आफनो धारणा राखेका थिए ।
सस्थाका सचिव धर्मदत्त वरालले संचालन गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष प्रयागराज भण्डारीले धन्यवाद ज्ञापन सहित सिंचाईलाई ब्यवस्थीत तरिकाले संचालन गर्नका लागि राज्य मौन रहेकाले आगामी दिनमा कुनै समस्या आए सिदै स्थानिय निकायमा नै वजेटका लागि माग गर्नु पर्नेमा जोड दिएका थिए ।
ब्यवसायिक पाँच जना तरकारी उत्पादक किसानलाई सन्मान गरिएको कार्यक्रममा सस्थाका कोषाध्यक्ष ईन्द्र बहादुर गुरुङले आर्थीक प्रतिवेदन र सचिव धर्मदत्त वरालले प्रगति विवरण पेश गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष गणेश प्रसाद गुरुङले गरेका थिए ।
Discussion about this post