लेखनाथ, १६ माघ । मैदी पाखो सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा भरतराज न्यौपाने चयन भएका छन । संस्थाको बुधबार सम्पन्न ३८औं वार्षिक साधारण सभा तथा १३औं अधिवेशनले न्यौपानेलाई अध्यक्षमा चयन गरेको हो ।
समुहको प्रथम उपाध्यक्षमा तिल बहादुर भुजेल, द्धित्तीय उपाध्यक्षमा नारायणी चापागाई र आशमाया गुरुङ, सचिवमा गिता त्रिपाठी, सह–सचिवमा महादेव बाँस्तोला, कोषाध्यक्षमा बिम कुमारी गुरुङ, सदस्यहरुमा सोमनाथ जमरकटृेल(ईन्द्रविलास), मुक्तिराम बाँस्तोला, सावित्री वहिक, राधिका अधिकारी, प्रेमकला पौडेल, हिमा अधिकारी, तिल बहादुर भुजेल, पुष्पराज त्रिपाठी, गोपाल कँडेल, सुर्य बञ्जरा, भिष्मराज लामिछाने, जुनु वहिक र बालकुमारी भण्डारी रहेका छन ।
विश्वनाथ लामिछानेको संयोजकत्वमा दुर्गादत्त अधिकारी र उमा लामिछाने सदस्य रहेको निर्वाचन मण्डलले नयाँ कार्यसमिति चयन गरेको हो ।
यस अगाडि कार्यक्रमको उद्घाटन गर्दै डिभिजन बन कार्यालय कास्कीका डिभिजनल वन अधिकृत कोमलराज काफ्ले ले मानव जातीको अस्तित्वको लागी वन संरक्षणको महत्व उल्लेखनीय रहेको वताएका थिए । विभिन्न मानवीय क्रियाकलापहरुका कारण वातावरणीय सन्तुलन एवं पारस्थीतिकिय प्रणालीमा असर पुगेको वताउँदै यसलाई न्यू्रनिकरण गर्ने एक मात्र उपाय वनजंगल संरक्षण रहेको वताएका थिए ।
कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेले स्थानियहरुले संरक्षण गरेर हुर्काएको वनको उपभोग गर्ने विषयमा पनि राज्यले सहज व्यवस्था मिलाउनुपर्ने वताएका थिए । उनले अव वन हेरेर मात्र बस्ने नभई यसको वैज्ञानिक रुपमा व्यवस्थापन गरी आयआर्जनको माध्यम बनाउनुपर्नेमा जोड दिएका थिए ।
वन उपभोक्ता समुहका अध्यक्ष भोलानाथ त्रिपाठीले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै वनको विगतदेखी वर्तमानसम्मका गतिविधिहरुका बारेमा प्रष्ट पार्नुका साथै वन क्षेत्रमा रहेका वनस्पती, जिव जन्तुहरुको बारेमा प्रकाश पारेका थिए ।
संस्थाका अध्यक्ष भोलानाथ त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष भरतराज न्यौपानेले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव आशमाया गुरुङले गरेकी थिईन ।
Discussion about this post