लेखनाथ, २८ पुस । पोखरा महानगरपालिका वडा नं २९ को भण्डारढीक स्थीत सैनिक वस्तीमा रहेको ४३ वर्ष पुरानो कर्म त्रियाना धर्मचक्र बौद्ध विहार गुम्वाको पुननिर्माण गरिएको छ ।
वि स २०३९ सालमा स्थानिय समाजसेवी सुवेदार मेजर हनरी क्याप्टेन स्व. तिर्थ वहादुर गुरुङको नेतृत्वमा करिव पाँच रोपनी क्षेत्रफल भित्र स्थापना गरिएको गुम्वा वि स २०७२ सालको भुकम्पले जिर्ण भएपछि उत्त गुम्वालाई आधुनिक तरिकाले कलात्मक रुपमा पुननिर्माण गरि आईवार एक विशेष समारोहका विच उद्घाटन गरिएको हो ।
वि स २०७१ साल देखि उत्त गुम्वाको जिम्मेवारी प्रमुख लामा गुरुका रुपमा छिरिङ्ग गुरुङ र तप्के गुरुङले लिएपछि गुम्वाको पुननिर्माणको आवस्यतालाई जोडदारका साथ अगाडी वढाएपछि १० वर्षको अन्तरालमा कास्की जिल्ला कै नमुना र ब्यवस्थीत गुम्वा तयार गरि आईतवार क्याब्जे श्री मनिवा शेरव ग्याल्छेन रिन्पोछेले विधिवत रुपमा पुजापाठ सहित बौद्ध धर्म परम्परा अनुसार संचालनमा ल्याईएको हो ।
स्थानिय श्रद्धालु भत्तजनहरुको सक्रियता र देश विदेशमा रहेका अनुयायीहरु,विभिन्न जिल्लाका गुम्वा धर्म गुरुहरुकोे आर्थीक, नैतिक तथा भौतीक सहयोगमा दुई वर्ष दुई महिना ११ दिन करिव तीन करोडको लागतमा पुननिर्माण गरिएको तीन तले गुम्वाको विचको भागमा सभाहल सहित भगवान गौतम बुद्धको कलात्मक मुत्र्री,पुजापाठ कक्ष,तल्लो तलामा अफिस तथा अतिर्थी कक्ष र माथिल्लो तलामा विशिष्ठ अतिथी सत्कार कक्ष निर्माण गरिएको छ ।
नवनिर्मीत भवनके समुदघाटन गर्दै प्रमुख गुरु क्याब्जे श्री मनिवा शेरव ग्याल्छेन रिन्पोछेले सवै धर्मले मानव सेवाकै काम गर्ने र सकरात्मक कुराको मात्र विजारोपण गर्ने उदेश्य रहेपछि बौद्ध धर्मले समग्र विश्व शान्तिको कामना गर्ने भएकाले समाज परिवर्तनका लागि पहिला आफुवाट सुरुवाती गर्नु पर्नेमा जोड दिएका थिए ।
सोही अवसरमा ढुपसेङ रिम्पोछे,ङेदेन रिम्पोछ,बोटुल रिम्पोछ र डुब्वोइन रिम्पोछले बौद्धिक विधीपुर्वक पुजा पाठ तथा आरधना गरि बौद्ध मुत्र्रीको प्राण प्रतिश्ठा गराएका थिए भने कार्यक्रममा गुम्वाका वरिष्ठ सल्लाहकार जंङ्ग वहादुर गुरुङ,वडा नं २९ का वडासदस्य क्षेत्र वहादुर गुरुङ र गुम्वाका विद्यार्थी लामा कर्मा नोर्वु गुरुङबाट भगवान गौतम वुद्धले प्रतिपादन गरेका शिध्यान्तका बारेमा जानकारी गराएका थिए ।
कर्म त्रियाना धर्मचक्र बौद्ध विहार गुम्वाका प्रमुख लामा गुरु छिरिङ्गले गुम्वाको ईतिहासिक पक्ष र यस क्षेत्रमा धार्मीक पर्यटनको विकास साथै बुद्ध दर्शनका वारेमा जानकारी गराएका थिए । गुम्वाका संचालक समितिका अध्यक्ष सुवेदार चन्द्र वहादुर गुरुङले सम्पुर्ण भत्तजनहरुको मन वचन र कर्मले गुम्वा निर्माण गर्न सकिएकोमा सवैलाई स्वागत सहित धन्यवाद ज्ञापन गरेको कार्यक्रमको संचालन संचारकर्मी कविता घर्ती मगरले गरेकी थिईन ।
माघ २ गते सम्म चल्ने पुजापाठ कार्यक्रममा मनाङ,चितवन,भत्तपुर लगाएतका विभिन्न जिल्लाका गुम्वा प्रतिनिधीहरु त्था भत्तजनहरुको उल्लेखिए सहभागिता रहेको छ भने समापन समारोहमा आर्शीवाद वचन सहित सहयोगी भत्तजनलाई सन्मान गर्ने कार्यक्रम तय गरिएको छ ।
Discussion about this post