लेखनाथ, २० पुस । कास्कीको पोखरा महानगरपालिका वडा नं ३१ मा रहेको साना किसान कृषि सहकारी सस्थाले स्थापनाको २५ वर्ष पुरा गरेर रजत महोत्सव मनाएको छ । विस २०५७ सालमा स्थापना भएको सस्थाले शनिवार आफनो २५ औं बार्षिक साधारण सभा तथा यो वर्षलाई रजत महोत्सव महोत्सवका रुपमा मनाएको हो ।
सुरुमा पाँच सय ७० सेयर सदस्यहरु रहेको सस्थाले २५ वर्ष पार गर्दै गरेको अवस्थामा एक हजार सात सय २० सेयर सदस्यहरुबाट पाँच करोड ३२ लाख ६३ हजार चार सय सेयर पुँजी वनाउन सफल भएको छ ।
यसै विच सस्थाले शनिवार आफनो २५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाको उद्घाटन गर्दै नेपाल कृषि सहकारीका केन्द्रिय संघका अध्यक्ष खेम बहादुर पाठकले नेपाल कृषि प्रधान देश भएर पनि सरकारले तल्लो वर्गका किसानलाई माथी उठाउने गरि योजना ल्याउन नसकेकोमा दुः ख ब्यत्त गर्दै कृषि उत्पादनले मात्र देशको आर्थीक अवस्थालाई सुधार गर्न सक्ने र जनताको आय स्तरमा पनि सुधार हुने भएकाले अव सहकारीले पैसा वेचेर होईन सेवा र वस्तु बच्ने तर्फ़ योजना वनाउनु पर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा गण्डकी प्रदेश कृषि सहकारी संघका अध्यक्ष रामजी प्रसाद अधिकारीले पछिल्लो समय सहकारीलाई कमाई खाने भाडो वनाएर राजनितीका पाटीको आडमा सहकारीको दुरुपयोग भएकोमा असल सहकारीहरुलाई अप्ठेरो अवस्था आए पनि यो समस्या विस्तारै समाधान हुने विश्वास ब्यक्त गरेका थिए ।
साना किसान कृषि सहकारी सस्थाका अध्यक्ष सोमलाल तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा साना किसान विकास लघुवित्तीय सस्था पोखराका प्रवन्धक पदमराज रेग्मी, कानुनी परामर्श समितिका सदस्य राममणि अधिकारी, सल्लाहकार ध्रुवनाथ अधिकारी, कार्यसमिति सदस्य सुर्यकुमारी बञ्जरा र सम्पुर्ण महिलाहरुको तर्फबाट सावित्री अधिकारी लगायतले एक सहकारी एक उत्पादनको अवधारण ल्याउने हो भने स्वदेशमा नै रोजगारको अवस्था देखि सेयर सदस्यको आय आर्जनमा सहयोग पुग्ने विश्वास ब्यक्त गरेका थिए ।
कार्यक्रममा सस्थाका जेष्ठ सदस्य १४ जना, उत्कृष्ठ विद्यार्थी सम्मान, उत्कृष्ठ कृषक सम्मान र उत्कृष्ट दिर्घसेवाबाट सस्थाका सहायक प्रवन्धक राधा पौडेललाई सम्मान गरिएको थियो ।
सस्थाका उपाध्यक्ष तारामणि घिमिरेले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सदस्य शिव भुजेलले गरेकी थिईन भने धन्यवाद ज्ञापन निर्वतमान अध्यक्ष भोलानाथ तिवारीले गरेका थिए ।
Discussion about this post