• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

छोरेपाटन माविको ४६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

Ramsharan Nepali by Ramsharan Nepali
January 3, 2025
in शिक्षा, समाचार, स्थानीय
0
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा–१७, छोरेपाटनमा रहेको छोेरेपाटन माध्यमिक विद्यालयको४६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध साँस्कृतिक कार्यक्रमहरु गरी मंगलबार सम्पन्न भएको छ ।

कार्यक्रमको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले उद्घाटन गर्दै सरकारी विद्यालयहरु मध्ये छोरेपाटन माविले प्रगतिगर्दै गएको र अझै अगाडि बढ्नुपर्ने कुरा बताए । कार्यक्रममाराष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका निर्देशक गोविन्दप्रसाद पोखरेल,शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, पोखरा महानगरपालिका वडा नं. १७ की अध्यक्ष राधिका शाही योगी,सल्लाहकार तिर्थराज अधिकारी,शिक्षा महाशाखा पो.म.न.पा.का प्रमुख हेमप्रसाद आचार्य, संविधान सभासद् वृन्दा राना, उपसचिव बसन्तराज पौडेल,अभिभावक मनकाजी कार्र्की, देवराज आचार्य, विक्रम गुरुङ, नुरबहादुर वि.क, शिक्षक अभिभावक संघ अध्यक्ष इन्द्र बहादुर खत्रीविद्यार्थीहरु श्रेया लामिछाने र सोहन कार्कीले वोलेका थिए ।

त्यसैगरि पूर्व वि.व्य.स.अध्यक्षखड्गबहादुर शाही, पूर्व वि.व्य.स.सदस्यछविलाल पौडेल, पूर्व प्रथम प्र.अक्षेत्रबहादुर कुवँर, एस.ओ.एस. विद्यालय, तिब्बतीयन क्याम्प, सार्क देशहरुको म्याराथुनमा पाँचौं स्थान प्राप्त छात्रा नारायणी भण्डारी, हरी लम्साल स्मृति छात्रवृत्तिकी संस्थापक सुमित्रा लम्साल, सामाजिक परीक्षण समितिका पदाधिकारीहरु इन्द्रबहादुर खत्री, देवीप्रसाद बस्याल, ऋतुनाथ लम्साल, जमुना अर्याल ,रमेश पौडेल, शिक्षक रमा वाग्ले र विद्यार्थी सलिना कार्की, छात्रवृत्ति थप गर्ने संस्थापकहरु डेविसफल युवा क्लव र बाल कल्याण कोष, छोरेपाटन माविका प्रावि शिक्षकहरु सम्मान गरिएको थियो ।

कार्यक्रममा दिव्येश्वरी रेग्मी,गणेशप्रसाद तिमिल्सिना, रेखा थापा, युवराज सुवेदी, डिल्लीराम शर्मा, मनुराज आचार्य, सोभिता अधिकारी,कुमारी लक्ष्मी शर्मा, लिलाप्रसाद पराजुली, मनुराज आचार्य, पुकार भण्डारी,रोहित बराल,कुमारी लक्ष्मी शर्मा, मेघनाथ पौडेल,लक्ष्मण पौडेल, रामप्रसाद सुवेदी, लेखनाथ बराल, लक्ष्मी देवकोटा,विद्यामति भुसाल, राधिका आचार्य, रेखा के.सी, माधव पहारी, महादेव पौडेल, नारायण थापा,डिल्लीराम बराल, युवराज सुवेदी र शान्ति पौडेललाई पुरस्कृत गरिएको थियो ।

त्यस्तै खगराज सांस्कृतिक उत्थान पुरस्कारबाटप्रथमएलिसा गुरुङको समूह,दोस्रोरुपेनी राईको समूह,तृतीय विशेषता राईको समूह र चौथौ प्रिन्सस थापाको समूहपुरस्कृत भएका थिए भने विज्ञान प्रदर्शनीको११÷१२ तर्फ प्रथम क्याथोड रेट्युब, दोस्रोमेडिसिनल हब्र्स, तृतीय रोल अफ रिन्युएबल इनर्जि र सान्त्वना व्याक्टेरियोफेज विज्ञान प्रदर्शनीको पुरस्कार प्राप्त गरेका थिए ।

त्यसैगरी ६–१० तर्फ प्रथम मिलिटर भेहीकल,दोस्रो,कजेज अफ पोलुसन, तृतीय रोर्वट र सान्त्वना वाटर डिस्पेन्सरले प्राप्त गर्न सफल भएका थिए ।छोरेपाटन मावि भू.पू विद्यार्थी मञ्चले विद्यालयमा अध्ययनरत आर्थिक विपन्नता भएका १० जना विद्यार्थीलाई विद्यालय पोसाकको व्यवस्था गरेको छ भने शिक्षक रोशनप्रसादश्रेष्ठले एस.इ.इ.मा गणित विषयमाए प्लस ल्याउने विद्यार्थीहरुलाई पुरस्कारको व्यवस्थापन गरेका थिए ।

साथै सो अवसरमा विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्माले वार्षिक प्रगति प्रतिवेदन र लेखा प्रतिवेदनलेखाअधिकृत छविलाल पनेरुले प्रस्तुत गरेका थिए । विद्यालयको मुखपत्र ज्योत्स्ना विमोचनको पनि विमोचन गरिएको थियो । पञ्चेबाजा, भजन, लाखे नाच, नृत्य, नाटक साँस्कृतिक तथा मार्चपास, पिटी प्रर्दशन, डिजिटल बोर्डबाट विद्यालय गतिविधि प्रर्दशन कार्यक्रम प्रस्तुत गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक खेमराज बराल धु्रर्वले र संचालन मेघनाथ पौडेलले गरेका थिए ।
ः

Previous Post

प्रकृति-मानव केन्द्रित जन अभियानको छैठौं राष्ट्रिय सम्मेलन शुक्रबारदेखि पोखरामा

Next Post

कालिका आधारभुुत विद्यालयमा छात्रबृत्ति अक्षयकोष

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
कालिका आधारभुुत विद्यालयमा छात्रबृत्ति अक्षयकोष

कालिका आधारभुुत विद्यालयमा छात्रबृत्ति अक्षयकोष

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?