लेखनाथ,५ पुस । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले समाजमा ब्याप्त लागु औषध तथा सुर्तीजन्य पदार्थको न्यूनिकरणका लागि सामुहिक अभियान चलाउनु पर्नेमा जोड दिएका छन् ।
लेखनाथ सामुदायिक सेवा केन्द्र एवंम सामुदायिक प्रहरी सेवा केन्द्रले शुक्रवार लागु औषध तथा सुर्तिजन्य पदार्थ न्यूनिकरण सम्वन्धि अन्तरक्रिया कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले लागु औषध नियन्त्र केवल प्रहरी प्रशानसने मात्र नभई याहाँ रहेका समाजिक संघ सस्था तथा सचेत नागरिकले अभियान नै चलाउनु पर्ने आवस्यकता औल्याएका हुन् । लागु औषधका घटनालाई हेर्दा कास्की दोस्रो जिल्लाका रुपमा स्थापित भएकाले यसलाई कसरी घटना सकिन्छ भन्ने वारेमा हामीहरु चिन्तनसिल छैं तर यसमा यहाँहरुको साथ सहयोग र सहकार्य आवस्यक छ उनको भनाई रहेको थियो ।
सोही अवसरमा ट्राफिक कार्यालय गण्डकी प्रदेशका प्रमुख प्रहरी उपरिक्षक जनक बहादुर शाहीले सहि तरिकाले ट्राफिक नियमको पालना गर्ने हो भने ९० प्रतिशत घटना कम गर्न सकिने बताउदै शान्ती सुव्यवस्थाको क्षेत्रमा प्रहरीमा सुधार आईसक्यता पनि जनस्तरमा भने अझै सुधार हुन नसकेको धारणा राखेका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङ ,डाडाकोनाक प्रहरी चौकीका प्रमुख श्रवण कुमार वि क,लेखनाथ उद्योग बाणिज्य संघका महासचिव जानुका अधिकारी र लोक दोहोरी गायक शिवहरी ढुगाना लगाएतले लागु औषध नियन्त्रणका लागि यस प्रकारका अन्तरक्रिया तथा गोष्ठी राख्नु भन्दा स्कुल वा कलेजमा सचेतना मुलक कार्यक्रम राख्ने हो भने फलदायि हुने सुझाव राखेका थिए ।
लेखनाथ सामुदायिक सेवा केन्दका अध्यक्ष गंगा खनालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कृष्ण सुवेदीले स्वागत र सदस्य नवराज पौडेलले कार्यक्रम संचालन गरेका थिए ।
Discussion about this post