लेखनाथ, ३ पुस । युवा अवस्थामा नै ब्यवसाय गर्नु पर्छ भन्ने उच्च मनोवलका साथ पोखरा महानगरपालिका वडा नं २६ का जगत वरालको ब्यवसायिक यात्रा राईसमिल देखि पेट्रोल पम्प हुदै चार्जीङ स्टेशनसम्म आईपुगेको छ ।
स्वदेशमा नै केही गर्नु पर्छ भन्ने भावनालाई आत्मसाथ गर्दै वुवा ईन्द्रप्रसाद वरालको प्रेरणाले वि स २०४१ सालमा साविक लेखनाथ क्षेत्रमा नै पहिलो पटक विद्युतवाट चल्ने राईसमलि राखेर काम सगै दाम कमाएका वराल परिवारले समयको माग र समय सुहाउदो पेशालाई अगाडी वढाउनु पर्छ भन्ने प्रगतिवादी सोचले अगाडी वढ्दै वि स २०५२ सालमा पोखरा २६ को वुढिवजारमा ईन्द्र ज्योती आयल स्टोर्स संचालन गरेका थिए ।
ब्यवसायिक सफलता सगै लायन्स क्लव देखि सामाजिक संघ सस्थामा आवद्ध हुदै र लेखनाथ उद्योग बाणिज्य संघको उप महासचिव समेत भएका बरालले समयको माग र देशमा वढ्दो विद्युतीय गाडीको आर्कषणलाई ध्यानमा राख्दै ईन्द्र ज्योती आयल स्टोर्सको भगेनी ब्यवसायका रुपमा माया चार्जीङ स्टेशन संचालनमा ल्याएका छन् ।
विद्युतीय सवारी साधानलाई प्रोत्साहन गर्ने उदेस्यले करिव ४० लाखको लागतमा लेखनाथ क्षेत्रमा नै निजी स्तरको पहिलो चार्जीङ स्टेशन मंगलवार देखि संचालनमा ल्याएका हुन् । विद्युती सवारी साधनका लागि चाडो चार्ज गर्ने सकिने गरि गुणस्थरीय मेसिनबाट सेवा प्रवाह गरेको उनि वताउछन् ।
यसैविच उत्त चार्जीङ स्टेशनको मंगलवार लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष धु्रववावु भट्टराई र नेपाल विद्युत प्राविधिकरण तालचोक साखाका ईन्जिनियर विकास चौधरीले सामुहिक रुपमा उद्घाटन गरेका हुन् । उत्त मेशिनबाट करिव २५/३० मिनेटमा फुल चार्ज हुने बताईएको छ ।
Discussion about this post