लेखनाथ, १ पुस । पोखरा महानगरपालिका वडा नं २६ को वुढिबजारमा रहेको रिलायन्स पब्लिक स्कुलले आफनो प्रथम अभिभावक दिवसको अवसर पारेर विद्यार्थीलाई सम्मान गरेको छ ।
स्थापनाको छोटो समयमा विद्यालयले शौक्षीक गुणस्थरलाई कायम गर्दै अभिभावक र विद्यार्थीको मन जत्न सफल बिद्यालयले तीन वर्षको शौक्षीक पुरस्कार सहित विभिन्न विधामा उत्कृष्ठ स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई आईतवार विशेष कार्यक्रम मार्फत सम्मान गरेको हो ।
कार्यक्रममा वोल्दै पोखरा महानगरपालिका शिक्षा महासाखाका वरिष्ठ अधिकृत वद्रीनाथ सुवेदीले विद्यार्थीलाई कितावी ज्ञानको साथमा ब्यवहारीक र प्रयोगात्मक शिक्षाको माध्यमबाट अगाडी वढाउनु पर्ने सुझाव दिएका थिए भने पोखरा महानगरपालिका वडा नं २६ का वडा सदस्य तिर्थ बहादुर राजभाटले विद्यार्थीहरुमा वढ्दो मोवाईलको मोहलाई कसरी घटाउन सकिन्छ भन्ने वारेमा विद्यालय तहबाटै निर्देशित हुनु पर्नेमा जोड दिएका थिए ।
सोही अवसरमा गण्डकी वोडिङका पुर्व प्राचार्य रवि वरालले विद्यार्थीमा अनुशासनमा राखेर उनिहरुको ईच्याअनुसारको पठन पाठनमा सहयोगीको रुपमा शिक्षक र अभिभावकले सहयोग गनु पर्ने धारणा राखेका थिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कमल रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा डाडाकोनाक प्रहरीचौकीका प्रमुख श्रमण कुमार वि क, नेशन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, नेशनल प्याब्सनका केन्द्रिय पुर्व उपाध्यक्ष ज्ञानेन्द्रमोहन भटराई,सम्पुर्ण अभिभावकहरुको तर्फबाट ईन्द्र प्रसाद सुवेदी र विद्यार्थीहरुको तर्फबाट भुमी रानाभाटले शौक्षीक क्षेत्रको विकासमा विद्यालयले गरेको प्रगतीका बारेमा चर्चा गरेका थिए ।
विविध सास्कृती कार्यक्रमका साथ सुरु भएको कार्यक्रममा बिद्यालयका प्रचार्य संदीप त्रिपाठीले स्वागत मन्तव्य सहित भावी योजना र विद्यालयको प्रगति विवरण पेश गरेको कार्यक्रमको संचालन शिक्षक टेकनाथ आचार्यले गरेका थिए ।
Discussion about this post